जिवनशैली पत्रिका

टाइगर कपको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस बीच खेल हुने, आयोजकले क्षमायाचना सहित सच्चायो

दीननाथ बराल,पोखरा, १६ माघ, छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लबबीच शनिबार फाइनल खेल हुने भएको छ । यसअघि फाइनल खेल गण्डकी र पर्वत जिल्ला भलिवल संघबीच हुने भनी सार्वजनिक गरिएको जानकारी प्राविधिक त्रुटिका कारण गलत भएको आयोजकले स्वीकार गर्दै आधिकारिक रूपमा सच्चाएको हो । पोखरा रंगशालास्थित भलिवल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिवल संघ र पर्वत जिल्ला भलिवल संघबीच प्रतिस्पर्धा… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ

पोखरामा सगुम पोखरेलको ‘मेरो एउटा साथी छ’ कन्सर्ट हुने

पोखरा, १६ माघ, प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को… पुरा पढौ

सांग्रिलालाई पिएम कपको उपाधि

पोखरा, प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट… पुरा पढौ

केफको वार्षिकोत्सवमा पत्रकार दवाडी सम्मानित

पोखरा,१६ माघ, पोखराका क्रियाशील पत्रकार कृष्ण दवाडी आज सम्मानित हुनुभएको छ । पोखरा महानगरपालिका–१ सिमपानीमा रहेको करुणानिधि एजुकेसन फान्डेसन(केफ) माध्यमिक विद्यालयले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सम्मान गरेको हो । पत्रकारिता क्षेत्रमा रहेर नागरिकलाई सत्यतथ्य र निष्पक्ष समाचारका माध्यमबाट सुसुचित गरी सुकर्ममा लाग्न अभिप्रेरित गरेकामा विद्यालयले सम्मान गरेको हो । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल र विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले सम्मानपत्र र दोसल्लाबाट पत्रकार दवाडीलाई सम्मान गर्नुभयो… पुरा पढौ

पुलिससंग गत बर्षको बदला लिदै गण्डकी टाइगर कपको उपाधि नजिक, फाइनल खेलमा पर्वत भलिबल संघसंग भिड्ने

पोखरा १६, माघ, विभागिय टोली नेपाली पुलिससंग गत बर्षको बदला लिदै घरेलु टिम गण्डकी प्रदेश भलिवल संघ पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज (शुक्रबार) भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकीले पुलिस माथि गत बर्ष फाइनल खेलमा पराजित भएको बदला यस बर्ष लिदै फाइनलमा यात्रा बनाउन सफल भएको हो । त्यती मात्र होइन पाँचौं सेटमा उक्त खेलमा पुगेर गण्डकी ११… पुरा पढौ

कुमुदिनी होम्समा बृहत् स्टिम प्रदर्शनी

पोखरा, १६ माघ, पोखरा ४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यार्थीलयले आफ्नो वार्षिक कार्यतालिका अनुसार सहिद दिवसको अवसर पारेर बृहत् स्टिम प्रर्दशनी आयोजना गर्यो । कोही विद्यार्थीहरू विज्ञानका विषयवस्तु समेटिएका वस्तुहरू प्रदर्शनी र अवलोकन कर्ताहरूको जिज्ञासाका बारेमा बताउन व्यस्त देखिन्थे।कोही सामाजिक जनजीवनका बारेमा आगन्तुकहरूलाई जानकारी गराउनमै व्यस्त देखिन्थे । कार्यक्रम विभिन्न तहगत रूपमा सञ्चालन गरिएको थियो। जसअन्तर्गत कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूको प्रदर्शनीलाई निर्णायकहरूले प्रत्येक स्टलमा… पुरा पढौ

पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको उपाधि

पोखरा, न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६… पुरा पढौ

शनिबारदेखि पोखरामा यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल हुने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १५ माघ, खेलकुदको शहर पोखरामा १९ बर्ष मुनिका खेलाडीहरु सभागि (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटवल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । https://www.youtube.com/watch?v=f3mN8308_Jk दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी चार देशका यू–१९… पुरा पढौ

माघ १८ देखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग क्रिकेट हुने, १२ विद्यालयको सहभागिता

दीननाथ बराल,पोखरा, १५ माघ, पोखराको प्रतिष्ठित बिद्यालय प्रतिभा माध्यमिक बिद्यालयको आयोजनामा यही माघ १८ गतेदेखि पोखरामा विद्यालयस्तरिय प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालय सहभागी हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा यही माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतिभा माविका प्राचार्य किरण सापकोटा बताउनु भयो । प्रतियोगितामा आयोजक… पुरा पढौ