अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८१ मा प्रकाशित


पोखरा १३, असोज,

विश्व मुटु दिवशका अवशर पारेर स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका ,टाईगर ग्रुप अफ पोखरा नेपाल,चरक मेमोरीयलहस्पिटल प्रा। लि।, को आयोजनामा कास्कीको अन्नपुर्ण गाँउपालिकामा ३९१ जनाको निस्शुल्क स्वास्थ्य परिक्षण तथा जन चेतनामुलक कार्यक्रम भयो ।

आइतवार कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडा स्वास्थ्य चौकीमा निस्शुल्क मुटु रोगीहरुको स्वास्थ्य परिक्षण सहित १७१ जनाको ईको, २५० जनाको ईसिजी र २९१ जनालाई नि शुल्क अ‍ौंषधि बितरण गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसीले मुटुरोग विशेषज्ञ डा सुर्य देवकोटालाई बिपी सेट दिएर शिविरको उद्घाटन गर्नु भएको थियो । निस्शुल्क स्वास्थ्य शिविर घर आँगनमा आएको छ, यस महत्वपूर्ण अवसरलाई सदुपयोग गरी सेवा लाभ लिनु हुन आग्रह गर्नु भयो ।

स्वस्थ मुटु नेपालका अध्यक्ष डा। सूर्यदेवकोटाले जीवन शैली खानपानका कारण मुटुको रोगी दिनहु बढेको छ यस बाट बच्न हिमि सबैले खानपानमा बिचार पुर्याउने , स्वस्थ खानपान, आराम चिन्ता नलिने र व्यायामको सन्तुलनले मुटु रोगमा नियन्त्रण गर्नसकिने बताउनु भयो । मुटुरोग लाग्नाकोकारण उच्च रक्तचाप, उच्च कोलेस्टोर, धुम्रपान, मधुमेह९सुगर०, तौलको असन्तुलन, ब्यामको कमी, मद्यपानलगाएत रहेको स्थानीयवासी समेत रहेका डा। देवकोटाको भनाई थियो ।
चरक मेमोरियलका प्रबन्ध निर्देशककपिल पोखरेलले पोखरामा चरक मेमोरियल अस्पताल र पालिका को सहकार्यमा यहाका बिरामिहरुलाई छुट सहित बिभिन्न रोगिहरुको उपचारमा छुटको ब्यवस्था गर्ने र पालिका सँग सहकार्य गरेर सम्झौता गरी अगाडी बढ्नका लागि प्रतिबद्दता गर्नु भयो । स्वस्थ मुटु नेपाल, अन्नपुर्ण गाउँपालिका ,टाईगर ग्रुप अफ पोखरा नेपाल,चरक मेमोरीयलहस्पिटल प्रा। लि।,को आयोजना साथै अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था, ढिकुर पोखरी समाज, नेपाल रेडक्रस सोसाईटी कास्की, होटल पिस प्लाज़ा, मनमोहन कार्डियोथोरासिक भास्कुलतथा ट्रान्सपलान्ट सेन्टर काठमांडौ, जयन्ती मेमोरियलट्रस्ट नेपालको सहयेगमा एम दिवशिय कार्यक्रम सम्पन्न भयो ।

स्वस्थ मुटु नेपालका अध्यक्ष ,मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सपलान्ट सेन्टर काठमांडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा। सूर्य देवकोटा सहितको १३ जना चिकित्सक सहित शिविरमा सहभागिता थियो जसमा डा। दिनेश उप्रेती, डा। मदीना मियाँसाथै पोखरास्थित चरक मेमोरीयल हस्पिटल प्रा। लि।का डा। एस।के। जैसवाल, सन्देश प्रकाश पराजुली सहितको टोली थियो भने १६ जनाको प्राविधिक टोलीले सेवा उपलब्ध गराएको थियो ।

शिविर सुरु हुन भन्दा पहिले नौडाडा देखि पालिका सम्म प्रभातफेरी भएको थियो ।जसमा गण्डकी प्रदेशका प्रदेश सभासदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिकाकास्कीका अध्यक्ष बिष्णु बहादुर केसी, डा। सूर्य देवकोटा, टाईगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्मा ,चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेल, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष डण्डराज शर्मा ,आमा समुह , विभिन्नसंघ संस्थाको सहभागिता सहित जनसचेतना मूलक सन्देश मुलक (यालि गरिएको थियो ।उद्घाटन कार्यक्रममा टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भयो भने समापन कार्यक्को अध्यक्षता अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थिेयो ।कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रमुख ऋषीराम पौडेलले संचालन गर्नु भयो ।