
पोखरा ३१, भदौ
पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्सले एक समारोहका बिच नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक रुपमा लन्च गरेको छ । पोखरामा हालै आयोजित लन्च इभेन्ट मार्फत गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शनका लागि जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरेको हो । ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको हो ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र महा प्रबन्धक आशिष दाहाल एवम् इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले दुवै गाडी सार्वजनिक गर्नुभयो । यसबाट स्थानीय बजारमा नवीन प्रविधि विस्तारमा महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने अवसर समेत ओमोडा र जेकोले प्राप्त गरेका छन् । इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भन्नुभयो, ‘हामीले ओमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छौ । ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन हामी प्रतिबद्ध छौ । केही महिना भित्रै हामी नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गर्ने क्रममा छौ र यसबाट पोखराका ग्राहकलाई अत्याधुनिक प्रविधि र नवीन प्रविधिको जानकारी दिने लक्ष्य राखेका छौ । हाम्रो शोरुममा उपस्थित भएर यो फेस्टिभ सिजनमा फ्युचरिस्टिक ईभी ड्राइभ गर्नुका फाइदा वारेमा अध्ययन गर्न समेत पोखरावासीलाई हार्दिक निमन्त्रणा गर्दछु ।’
एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडाले भन्नुभयो, ‘हामी नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित हाम्रो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध छौ । पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ ।’
नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्सले कार्य गरिरहेको छ र विगत १४ वर्ष देखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको छ । प्रोडक्ट लन्च इभेन्टमार्फत ओमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको थियो ।





