पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव मनाउने तयारी

-


     पोखरा क्लिक     
     चैत्र ९ गते २०८० मा प्रकाशित


पोखरा ९, चैत

पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव २०८० मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको सन्दर्भमा आइतवार होली पुर्णिमाको अवसरमा होली महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो ।

रंगै रंगको पर्व, मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्वको रुपमा आफुहरुले निकै हर्स र उल्लाहासका साथ यस बर्ष पनि धुमधामका साथ यस बर्ष मनाउने भएको अध्यक्ष भट्टराईले जनाउनु भयो ।

होली महोत्सवलाई व्यवस्थित वनाउन सम्वन्धीत निकायहरु सँग छलफल गरि अनुशासित र मर्यादित बनाइने उहाँले दाबी गर्नु भयो । होली पर्वको दिन चैत्र ११ गते विहान १०ः३० वजे अम्मट चौतारामा सवै जम्मा भै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने कार्यक्रम तय गरिएको रेवानले जनाएको छ ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउने भएको अध्यक्ष भट्टराईले जनाउनु भयो । पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउँनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले यस पर्वलाई निरन्तरता दिदै आएको कोषाध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो । होली महोत्सव २०८० विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने भएको रेवानले पोखराक्लिकलाई जनाएको छ ।