सशस्त्र प्रहरीको पोखरामा फ्युल तथा चार्जिङ स्टेसन २४ सै घण्टा खुल्ला

-


     पोखरा क्लिक     
     चैत्र ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरालाई नेपालकै पहिलो पर्यटनको राजधानिको रुपमा घोषणासंगै पोखराका केही ठाँउमा केही व्यवसायलाई २४ घण्टा सेवा संचालन गर्न अनुमति दिएको अबस्थामा अब पोखराको एक पेट्रोल पम्प जहाँ २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको छ । पोखरा पर्साङमा रहेको शसस्त्र प्रहरी वल नेपालको कालिका पेट्रोल पम्पमा अब देखि २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको हो ।

गृह मन्त्रालयले २४ सै घण्टा उक्त पम्पलाई संचालन गर्न दिएको निर्देशन अनुसार २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन हुने भएको हो । सुरक्षा निकायद्वारा सञ्चालित कालिका पेट्रोल पम्प सहित मन्त्रालयले सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वारा संचालित स्वयम्भु हलचोकस्थित हलचोक फ्युल स्टेसन समेत २४ सै घण्टा संचालनको निर्देशन पछि खुल्ला हुने भएको हो ।

सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र हलचोक काठमाडौद्वारा संचालित उक्त फ्युल स्टेसनको शान्ति सुरक्षाको जिम्मा कालिका गणको रहेको छ । अन्य फ्युल स्टेसनका तुलनामा प्रति लिटर फ्युलमा पच्चीस पैसा सहुलियत मुल्य रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति (एसपी) अरुण पौडेल शर्माले पोखराक्लिकलाई बताउनु भयो । सशस्त्र प्रहरीको फ्युल तथा चार्जिङ स्टेसन चौविसै घण्टा खुल्ला गर्न केही दिन अघि देखि सुरु भएको उहाँले जनाउनु भयो ।

पोखरा क्षेत्रमा केही व्यवसाय मात्र नभई अब अत्यावसेक सेवाहरुलाई समेत विस्तारै २४ सै घण्टा खुल्ला गर्दै यहाँको शान्ति सुरक्षा सहितको सेवा सुविधामा विस्तार गर्नुपर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखराको शान्ति सुरक्षामा उच्च सर्तकता अपनाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जानकारी गराएको छ ।
यसैबिच, पोखराका मेयर धनराज आचार्यले अब पोखराका मुख्य पर्यटकिय स्थल सहित अन्य अत्याबश्यक बस्तु र सेवा पनि क्रमशः २४ घण्टा नै खुला हुदै जाने बताउनु भयो ।