पोखरा महानगर आहा रारा पोखरा गोल्ड कपको संरक्षक

-


     पोखरा क्लिक     
     माघ ६ गते २०८० मा प्रकाशित



पोखरा, ६ माघ ।

पोखरामा झण्डै साढे दुई दशकदेखि निरन्तर सञ्चालित‘आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’को पोखरा महानगरपालिका संरक्षक बनेको छ । सहारा क्लबपोखरा आयोजनामा २०५७ को क्याराभानदेखि २३ औं संस्करणकोआहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दायसको चिनारी सीमापारसम्म फैलिएको छ ।

यो नेपालमा संचालित फुटबल प्रतियोगितामध्ये नियमित संचालित एक मात्र प्रतियोगिता हो । यसैबीच, पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण गरी आयोजकले यसको संरक्षकत्व ग्रहण गर्न अवसर दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

उता, सहारा क्लब पोखराको शुक्रबार नै बसेको कार्यसमिति बैठकले पनिमहानगर संरक्षक बनेकोमा हार्दिक आभार व्यक्त गरेको छ । बैठक क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा बसेको थियो । यहीमाघ ९ देखि २० सम्म पोखरा रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगितामा यसपालि १२ टिमले भागलिएका छन् । २०६१ सालदेखि आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । हाल चौंथो ब्याचमा बालक भर्ना भएका छन् ।

प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । विभिन्न संघसंस्थाको सहयोग रहेको प्रतियोगिताको मुख्यप्रायोजक हिमश्री फुड्स प्रालि रहेको छ ।