Uncategorized

नेपाली पोशाकको प्रबद्र्धन गर्न राष्ट्रिय पोशाक घरको शाखा पोखरामा

दीननाथ बराल,पोखरा १६ , साउन, नेपालमा उत्पादन हुने कपडा सहित पोशाक प्रबद्र्धन गर्न पोखरामा राष्ट्रिय पोशाक घरको शाखा विस्तार गरिएको छ । काठमाडौँमा विगत ८ वर्षदेखि राष्ट्रिय पोशाक घरबाट नेपाली उत्पादनमा आधारित विभिन्न डिजाइनका कपडा सहित पोशाकहरू उत्पादन गर्दै आएको उक्त घरले पोखरामा पनि त्यसको प्रबद्र्धन गर्न शाखा विस्तार गरेको हो । यसैबिच, बुधबार एक समारोहका बिच राष्ट्रिय चर्चीत गायक प्रकाश सपुत, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त… पुरा पढौ

प्रेम लिम्बुले जिते बिश्व तेकान्दोमा रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८।१६६ – ७।६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु… पुरा पढौ

नवलपुरकी झेंडीमगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार

नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले… पुरा पढौ

दाँत सचेतनाको ज्योति बाल्दै स्वयम्सेवी संस्था

नेपाली समाजमा दाँतको सचेतनाप्रतिको दृष्टिकोण कमजोर त छनै । दाँतमा समस्या देखिए तापनि अन्देखा गरेर बस्ने परम्परा पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । यसका पछाडि विविध कारण छन् । किनकि, एक त प्रत्येक नागरिकमा दाँतप्रतिको दृष्टिकोणमै समस्या छ । अर्कोतर्फ उपचार पद्धति पनि खर्चिलो । यी कारणले रोग लागेर उपचार भन्दा पनि दबाएर बस्न बाध्य भएको अवस्था छ ।यस्तै अवस्थाका दाँतका बिरामी आइतवारदेखि कास्कीको पुरुन्चौरमा सञ्चालित दन्त तथा कानको सचेतना शिविरमा फेला परेका छन् । यो सबै कुराको… पुरा पढौ

पोखराको रामघाटमा पानीको सतह बढ्दा ताल बन्यो, भिडियो सहित

दीननाथ बराल, पोखरा १३, साउन, पोखराको रामघाटमा पानीको सतह बढेर ताल बनेको छ । गएरातिबाट परेको ठुलो बर्षाले गर्दा सेतीनदीमा पानीको बहाब बढ्दा रामघाटमा यस बर्षको दोश्रो पटक पानीको सतह बढेर ताल बनेको स्थानियले बताउनु भयो । आज बिहान ४ः०० बजे देखि रामघाटमा पानी थुनिदा पानीको सतह बढेर आएको र बिहान ७ः०० बजे देखि विस्तारै खोलीदै गएको स्थानिय कर्णबहादुर गुरुङले बताउनु भयो । २०७९ सालमा रामघाटमा ताल बन्दा स्थानिय ८ र विस्थापित नै हुनु परेको हाल बस्ती नजिक पानीको सतह… पुरा पढौ

पोखरामा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा संचालन नहुँदा यात्रुलाई सास्ती(भिडियो) सहित

दीननाथ बराल,पोखरा १३, साउन, पोखरा सहित गण्डकी प्रदेशमा आज(आइतबार) बिहानै देखि सार्वजनिक यातायात सेवा संचालन नहुदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आइतबार देखि महासंघमा आबद्ध कालोप्लेटका सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगर्दा यात्रुले सास्ती भोग्नु परेको हो । प्रदेशमा राइड शेयरिङ एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा (कालो प्लेटका सवारी साधन) ठप्प पारेको हो ।आफ्नो माग… पुरा पढौ

नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए । शनिबार बिहान… पुरा पढौ

ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक

पोखरा, साउन १२ , कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे । सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो । कृतिको समीक्षा गर्दै डा। बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली… पुरा पढौ

भोलि(आइतबार) देखि पोखरा सहित गण्डकी प्रदेशमा यातायात सेवा संचालन नगर्ने व्यवसायीको चेतावनी

दीननाथ बराल,पोखरा १२, साउन, पोखरा सहित गण्डकी प्रदेशमा भोलि(आइतबार) देखि सार्वजनिक यातायात सेवा संचालन नगर्ने व्यवसायीहरुले चेतावनी दिनु भएको छ । प्रदेशमा राइड शेयरिय एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गंण्डकी प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै आइतबार देखि आफ्ना सम्पूर्ण यातायात सेवा संचालन नगर्ने चेतावनी दिएको हो । रातो प्लेटलाई समेत अवैध रुपमा यात्रु ओसारपोसर गर्न दिने गरी कार्यविधि ल्याउन लागेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयको उक्त निर्णय फिर्ता गर्न दिएको… पुरा पढौ

रेवान पोखराका अध्यक्षमा पौडेल, पत्रकार पोखरेल पुरस्कृत

पोखरा ११, साउन, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन हुनु भएको छ । रेवान पोखराको शुक्रबार बेलुका सम्पन्न भएको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी समितिको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन हुनु भएको हो । समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बाँनिया, सफल… पुरा पढौ