रेवान पोखराका अध्यक्षमा पौडेल, पत्रकार पोखरेल पुरस्कृत

-


     पोखरा क्लिक     
     श्रावण ११ गते २०८१ मा प्रकाशित



पोखरा ११, साउन,

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल चयन हुनु भएको छ । रेवान पोखराको शुक्रबार बेलुका सम्पन्न भएको ३० औ वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी समितिको प्रथम उपाध्यक्षमा बसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव विरेन्द्र शेरचन, सचिव भिष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सह कोषाध्यक्षमा वैभव पौडेल चयन हुनु भएको हो । समितिका सदस्यमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, विष्णु बाँनिया, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई रहनु भएको छ । त्यस्तै निवर्तमान अध्यक्षमा नरेश भट्टराई रहनु भएको छ ।


यसैबिच संस्थाले प्रदान गर्ने रेवान पत्रकारिता पुरस्कार यस बर्ष सन्तोष पोखरेल प्राप्त गर्नु भएको छ । पोखरामा पत्रकारिता गर्दै आएका पोखरेललाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार सहित सम्मान गर्नु भएको हो ।


पर्यटन पत्रकारिता क्षेत्रमा योगदान पु¥याए बापत पोखरेललाई पुरस्कार प्रदान गरेको रेवान पोखराले जनाएको छ । यस पुरस्कारबाट यस अगाडी कृष्णमणी बराल, सागर राज तिमिल्सिना, विनोद लामिछाने, सुमन ढुंगना पुरस्कृत भइ सक्नु भएको छ ।