Uncategorized

दोश्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सबै उपाधि चिनिया टोलीलाई

दीननाथ बराल, पोखरा १५, पुष, पोखराको फेवातालमा सोमबार सम्पन्न भएको दोश्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस (प्रतियोगिता) मा सबै उपाधि चिनिया टोलीले जितेको छ । आइतबार देखि पोखरामा संचालन भएको २ सय मिटर र ५ सय मिटर तर्फको रेस प्रतियोगितामा सबै उपाधि चिनिया टोलीले जितेको हो । फेवातालमा आज (सोमबार) सम्पन्न २०० र ५०० मिटर फाइनल चरणको रेसमा चिनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । लाओयू क्लवले दोहोरो उपाधिको साथमा १० हजार अमेरिकी डलर… पुरा पढौ

एनपिएलको बिजेता जनकपुरलाई एक करोड दश लाख पुरस्कार, उत्कृष्ट खेलाडी एरीलाई कार उपहार

काठमाडौँ ६, पुष, नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । उपाधि सहित जनकपुरले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लख प्रदान गरिएको छ । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल… पुरा पढौ

पत्रकार महासंघ कास्कीको अध्यक्षमा चौतारी, यूनियन प्यानलका बराल ९ मत अन्तरले बिजयी

दीननाथ बराल,पोखरा २९, मंसिर, नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारी प्यानलका माधव बराल निर्वाचित हुनु भएको छ । आज (शनिबार) बिहान सम्पन्न भएको मतगणनाबाट बरालले प्रेस सेन्टर नेपाल र समाजबादी प्रेस संगठनका साझा उम्मेदवार राजेन्द्र अधिकारीलाई ९ मतको झिनो अन्तरले पराजित गर्दै जिर्वाचित हुनु भएको हो । अगामी ३ बर्षीय कार्यकालको निर्वाचित हुनु भएको अध्यक्ष बरालले १०५ मत ल्याउदा अधिकारीले भने ९६ मत ल्याउनु भएको थियो । कास्की शाखामा २ सय २० मतदाता (पत्रकार) भए… पुरा पढौ

सहारा बाल आरभूत माविमा शौचालय शुभारम्भ

पोखरा २३, कार्तिक पोखरा महानगरपालिका वडा नं–०९, शिवटोल, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा पक्की शौचालय शुभारम्भ गरिएको छ । नेवा द्वारा स्थापित शौचालय जीर्ण भई विद्यार्थीहरुलाई प्रयोग गर्न असहजता भएको अवस्थामा पोखरा वडा ९ को ३ लाख र युके निवासी कार्डियोलोजिस्ट डाक्टर प्रिया गुरुङको रु १ लाखमा उक्त शौचालय पूर्ण रुपमा मर्मत गरी वडा नं –०९, का अध्यक्ष दिपेन्द्र मर्सानीले शुभारम्भ गगर्नु भएको हो ।विद्यालयका प्रधानाध्यापक लोचना अधिकारिले वाल मैत्री शिक्षामा गुणस्तरीय शौचालय निकै नै महत्वपुर्ण हुने धारणा राख्नु… पुरा पढौ

शनिबार पोखरामा हुने तेस्रो ‘क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा, प्रतियोगितामा चिनका ६४ जना धावक सहभागि हुने

पोखरा, २२ कात्तिक पर्यटनको राजधानी पोखरामा यही कात्तिक २४ गते (शनिबार) हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चार वटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ… पुरा पढौ

पोखरामा पर्यटकले पनि संप्त रंगि टिका लगाए

पोखरा, १८ कात्तिक, तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण गरेका… पुरा पढौ

पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा १५, कार्तिक, पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । तिहार पर्व लगत्तै कातिृक २४ गते हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक हिमालयन टुरिजम फोरमले जनाएको छ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरू सहभागी हुने भएका छन्। दौडका विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ । टिम समूहको विजेताले ४ लाख ५८ हजार,… पुरा पढौ

सरकारले विलाशिता क्षेत्रमा बढी लगानी गर्योः अध्यक्ष नेपाल (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आवश्यकता भन्दा बढी विलाशिता क्षेत्रमा बढी लगानी गरेको आरोप लगाउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो देशको आर्थिक अबस्था भन्दा बढी महत्वकाक्षि भई अनावश्यक भौतिक संरचनामा ठुलो लगानी गरेको आरोप लगाउनु भएको हो । धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन… पुरा पढौ

रास्वपाका सभापति लामिछाने पक्राउ परेको बिरोधमा पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन, बचत फिर्ता हुनेमा सहकारी पिडित झिनो आशामा

दीननाथ बराल, पोखरा ३, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रास्वपाले पोखराको चिप्लेढुंङगा र काठमाण्डौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिसोचका आधारमा रविलाई फसाउने सडेन्त्र गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले रविलाई पक्राउ गरेको आरोप लगाउनु भयो । रास्वपाका नेता तथा कार्यकर्ताहरुले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन खोजेकोे आरोप लगाउदै गुरुङ र पोखरेलको… पुरा पढौ

के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ?

पोखरा २, कार्तिक, के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ? यदि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि नखुवाउनु भएको छ भने नजिककोे स्वास्थ्य चौकीमा लगेर खुवाउन सक्नु हुन्छ । यसैक्रममा, आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नु भयो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब… पुरा पढौ