Uncategorized

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा, ११ असार, गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको वस्तुस्थिति… पुरा पढौ

मदरल्याण्डको कक्षा १२ मा ९९ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण, ११ जनाले पाए ३.९६ जीपीए

पाेखरा, ५ असार, राष्ट्रिय परीक्षा बोर्डले २०८३ मा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। नतिजाअनुसार पोखरा–७, मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयले पुनः उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको छ।विद्यालयबाट परीक्षामा सहभागी ४०७ विद्यार्थीमध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयका अनुसार ११ जना विद्यार्थीले ३.९६ जीपीए प्राप्त गरेका छन् भने २०८ जनाले ३.६० भन्दा माथिको जीपीए हासिल गरेका छन्। त्यसैगरी १४३ जनाले ३.२० देखि ३.६०, ४६ जनाले २.८० देखि ३.२० र ४६ जनाले २.४२… पुरा पढौ

पर्यटनको राजधानी पोखरामा खेलकुदको नयाँ क्षितिज, खेल पर्यटनले फेर्न सक्छ अर्थतन्त्रको अनुहार

दीननाथ बराल,पोखरा, पोखरा रंगशालामा आहा–रारा पोखरा गोल्डकप चलिरहँदा लेकसाइड आसपासका होटल तथा रेस्टुरेन्टमा चहलपहल बढ्छ । सहारा क्लबले विगत २५ वर्षदेखि निरन्तर गर्दै आएको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले फुटबल खेलसँगै पोखरा आसपास क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ । क्लबले हरेक वर्ष कम्तिमा दुईदेखि चार विदेशी टिमको सहभागितासहित आफ्नो मातृ संगठन सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाबाट कम्तिमा ६० देखि ७० जनाको जम्बो टोली पोखरामा उतार्ने गरेको छ । उनीहरु कम्तिमा दुई साता पोखरामा बिताउने गरी आउँछन्… पुरा पढौ

अनुसन्धानमूलक लेख लेखन तालिम सम्पन्न

पोखरा, २७ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको अनुसन्धानमूलक लेख लेखन तालिमको समापन भएको छ । पोखरामा महानगरपालिकाको सहयोगमा आईतबारदेखि सुरु भएको तालिम बुधबार समापन भएको हो । समापन कार्यक्रममा प्रमुख प्रशिक्षक त्रिभुवन विश्व विद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रको बौद्धिक विकास र अनुसन्धानमा जोड दिनुपर्ने बताए । उनले पत्रकारितालाई केवल तालिमको विषय मात्र नबनाई यसलाई गम्भीर प्राज्ञिक अध्ययन र अनुसन्धानको क्षेत्रका रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए । आफ्नो डेढ दशक लामो अनुभव स्मरण गर्दै… पुरा पढौ

ओझेलमा परेका पर्यटकीय गन्तव्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारमा जोड, तीनदिने अध्ययन भ्रमण सकेर पत्रकार टोली पोखरा फर्कियो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, गण्डकी प्रदेशका ओझेलमा परेका तथा अपेक्षाकृत कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा सहभागी पत्रकारहरूको टोली पोखराबाट शुक्रबार प्रस्थान गरी तनहुँ, नवलपुर, स्याङ्जाका विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन, अध्ययन र रिपोर्टिङ गर्दै आइतबार बेलुका पोखरा फर्किएको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य… पुरा पढौ

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न (भिडियो सहित) पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

जेष्ठ १८,पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान… पुरा पढौ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागीखुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा, २९ चैत, पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी… पुरा पढौ

भव्य तयारीसहित ‘पोखरा स्पोर्टस अवार्ड’ ः समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ । आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे । छलफलमा सहभागी संघका प्रतिनिधिहरूले… पुरा पढौ

पोखरामा बुधबारदेखि दोस्रो ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो हुने (भिडियो सहित),नेपालमा रहेका नयाँ ब्राण्डका गाडी पोखरामा

दीननाथ बराल, पोखरा ९, चैत, पर्यटनको राजधानि पोखरामा चैत ११ (बुधबार) देखि दोस्रो संस्करणको ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुती तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा चैत्र ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा उक्त अटो शो सञ्चालन हुने आयोजकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । https://www.youtube.com/watch?v=8C9RjOT48KY प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको यस कार्यक्रममा विभिन्न ३२ ब्रान्डका आधुनिक… पुरा पढौ

चैत ११ देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–हुने (भिडियो सहित) , महिला तर्फ ८ र पुरुष तर्फ १६ टिम सहभागि हुने

चैत्र ९, कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यही चैत ११ गतेदेखि सुरु हुने गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा यही चैत १४ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको सोमवार माछापुच्छ्रे गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=De1kAEYVOd4 माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले, खेलकुदको विकाससँगै गाउँपालिकाभित्रको पर्यटन प्रवर्द्धनका लागि अध्यक्ष कप… पुरा पढौ