Uncategorized

पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा

पाखुरीकोट गुरुङ समाज पोखरा–१३ ले प्रकाशन गरेको पाखुरीकोट दर्पण आइतवार एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त दर्पणको कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपलकुपति गोरे गुरुङ, मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतम र दर्पणका प्रधानसम्पादक चिफ इन्स्पेक्टर हरिध्वज गुरुङले संयुक्तरूपमा लोकार्पण गरे । प्रमुख अतिथि मनबहादुर गुरुङले सांस्कृतिक पहिचानका हिसाबले पहिलो मोर्चामा रहेको गाउँका रूपमा पाखुरीकोट चिनाए । गुरुङले थपे–… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ, लाइभ पार्टर पब्लिक फो के टेलिभिजन

आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम।ए। कन्स्ट्रक्सन प्रा।लि।ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ । काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ । रंगशालासम्बन्धी विशेष दक्षता राख्ने कम्पनीले पोखरा र दाङ… पुरा पढौ

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

पोखरा महानगरपालिकाले आफ्नो ७ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यस अवसरमा सरसफाइ, सम्मान, रक्तदान, पोखरा भवन र घट्टे खोला पुलको शिलान्यास लगायतका कार्यक्रमहरू गरिएको महानगरले जनाएको छ । नगरपालिका स्थापनाको ६४ औ तथा महानगरपालिका स्थापनाको सातौँ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । महानगरको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत स।कलन भएको हो । दिवसका अवसरमा महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरिएको छ ।… पुरा पढौ

महाशिवरात्री पर्वको अवसरमा पुम्दीकोटमा एकै दिनमा १५ हजार बढी दर्शनार्थी (फिचर फोटो)

दीननाथ बराल, पोखरा २२ मा रहेकोे बिशाल महादेवको मुर्ति परिसरमा बर्षकै सबै भन्दा धेरै दर्शनार्थीको आज भिडभाड भएको छ । आज महाशिवरात्री पर्वको अवसरमा विहान देखि दर्शनार्थी र पर्यटकहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास संस्थाका अध्यक्ष एवं उद्योगपती चन्द्रकान्त बरालले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार आज महाशिवरात्री पर्वको अवसरमा १५ हजार भन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर(महादेव) को दर्शन गर्न तथा दुध चढाउन आउनु भएको छ भने हजारौंको संङख्यामा पर्यटक आउनु भएको छ । दर्शनार्थीहरुले उक्त बिशाल… पुरा पढौ

प्रतिभा माविमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

यहाँस्थित प्रतिभा माविले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । उनै प्रतिश्पर्धाका विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल तथा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटा, विद्यालयका प्राचार्य किरण सापकोटा सहित विद्यालय संचालक तथा शिक्षकहरुले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यालयले यो वर्ष विज्ञान प्रदर्शनी, बिजनेस प्लान… पुरा पढौ

गण्डकी प्रदेशका कास्की सहित ९ जिल्लामा दादुरा तथा रुबेला खोप आइतबार देखि लगाइने

दीननाथ बराल, गण्डकी प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा आउँदो आइतबार देखि दादुरा तथा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । मनाङ र मुस्ताङमा फागुनको अन्तिम साता देखि चैतको पहिलो सातासम्म उक्त खोप अभियान संचालन हुने भएको हो भने अन्य जिल्लामा फागुन १३ अर्थात आइतबार देखि लगाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । दादुरा तथा रुबेला खोप अभियान अन्र्तगत गण्डकी प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी… पुरा पढौ

पोखरा महेन्द्रपुलमा संसार भरका झण्डा फहराउन सुरु

पोखरा, ०७ फागुन पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । जहा संसारका १ सय ९३ भन्दा बढी देशका झण्डा एकै स्थानबाट फहराउन सुरु भएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेसंगै संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९३ देशको नाम सहितका पोलहरूमा झण्डाहरू फहराउन सुरु भएको महानगरले जनाएको छ ।उक्त पार्कको शनिवार एक समारोहका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । चार… पुरा पढौ

हिसान फुटसलमा स्टेप बाई स्टेप, त्रिवेणी पब्लिक, पोखरा लिङन र इन्फोम्याट्रिक कलेज फाइनलमा

पोखरा, ६ फागुन उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा जारी दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । हिसान प्रदेशस्तरीय प्लस टु स्तरीय फुटसलमा स्टेब बाई स्टेप सेकेन्डरी स्कुल र त्रिवेणी पब्लिक स्कुल फाइनलमा प्रबेश गरेका छन् । स्टेब बाई स्टेपले स्नोभ्यु इङलिस बोडिङ स्कुललाई ७–१ गोल अन्तरको फराकिलो अन्तरले पराजीत गर्दै फाइन प्रबेश ग¥यो । त्यसै गरी त्रिवेणी पब्लिक स्कुलले सगरमाथा सेकेन्डरी स्कुललाई २–१ गोलले हराउदै फाइनल… पुरा पढौ

५ करोडको फिरौती माग्ने दुई जना युवा पोखरामा पक्राउ

दीननाथ बराल पोखरा २५, माघ, पोखरामा ज्यान मार्ने धम्की दिदै ५ करोडको फिरौती माग्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट घरभाइ हाल पोखरा पोखरा ८ मा बस्दै आउनु भएको ३६ बर्षका लक्ष्मण दर्जी र उहाँका साथी कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल पोखरा पोखरा ८ सिमलचौर बस्दै आउनु भएको ४२ बर्षीय दिपक बहादुर क्षेत्रीलाई पक्राउ गरीएको कास्की प्रहरीले विहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेको हो । पक्राउ परेका… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट बराल पुरस्कृत, मीना र हुम सम्मानित

पोखरा २२, माघ प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी… पुरा पढौ