पहिरो फाल्न आउनु भएको ज्वाईको पहिरोले ज्यान लियो, मृतककी आफन्त कोपिला भन्नु हुन्छः भगवानले बचाउनु भयो ( भिडियो )

-


     पोखरा क्लिक     
     असार २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २८, असार,

भनिन्छ कुनै आपतविपद बाजा बजायर आउदैन् तर पनि हामी मानव आवश्यक सचेत र सर्तक भने हुनु पर्ने अबस्था रहन्छ । प्राकृतिक रुपमा देखिएको सानो संकेतलाई ख्याल नगर्दा बिहिबार बेलुका आएको पहिरोमा परी पोखरा १९ का एकै घरका ज्वाई सहित ६ जनाको ज्यान गएको छ ।

एक दिन अघि मात्र घर भन्दा करिब ३० मिटर माथि पहिरो खसेर पहिरो फाल्न भनेर पोखरा आएको सन्र्दभमा सशुराली आउनु भएको स्थानिय कुल बहादुर परियारका ज्वाई अस्मित परियार बिहिबारको पहिरोले ज्यान लियो । बेलुका मुसलधारे पानी परे पछि निकै त्रसित हुदै परियारको घरमा बेलुका १०ः०० बजेसम्म गफगाफ गर्दै बस्नु भएको उहाँका आफन्त कोपिला परियार घर पुगेको १० मिनेट नहुदै गर्ल्याङ गर्दै एकै पटकमा पहिरोले कुल बहादुरको परियारलाई पहिरोले पुरेको बताउनु भएको छ ।

यसै सम्बन्धिको एक भिडियो सामाग्रि ।

पहिलोको जोखिम हुन सक्ने भएर आफुहरुले ढोका खुल्लै राखेर १०ः०० बजेसम्म नसुतेर गफगाफ गर्दै बसे पनि आफुले उहाँहरुसंग छुटेको केही मिनेटमै एकै पटक पहिरो आयर पुरिदा आफुलाई भगवानले बचाउनु भएको उहाँको भनाई छ । कुल बहादुरको घरसंगै जोडिएको उहाँको पुर्वपट्टिको कोठाको एक तर्फ पहिरो पसेको छ भने भाग्यवश उहाँ अन्य दिन सुत्ने कोठा हिजो भने अर्को कोठामा सुत्नाले पनि आफु र आफ्ना श्रीमान बाच्न सफल भएको बताउनु हुन्छ । पहिरो आउछ की भनेर बिहिबार बेलुका ज्वाईले पहिरो भएको स्थलसम्म पुगेर फर्किनु भएको कोपिलाले बताउनु भयो ।

आफ्नो घर पनि एक तले तर पक्की भएको र कुलबहादुरको टिनले छाएको ढुंगा र माटोबाट बनेको हुनाले पहिरोले घर सहित घरमा रहेका सबैलाई पुरेको कोपिलाले जनाउनु भयो । कुलबहादुरको छोरा पवन ढोकामै भएकोले पहिरो आउना साथ पहिरोले बारीमा हुत्याइदिएकोले आधा भाग जसो पुरिएकै अबस्थाबाट स्थानियको सहयोगमा उद्धार गरिएको कोपिलाले जनाउनु भयो ।

बिहिबार बिहान घर माथि पहिरो खसेको देखे पछि स्थानियहरुले तत्काल उक्त घरमा बस्न उचित छैन कुनै समयमा पहिरो आउन सक्छ भनेर सचेत गराउदा गराउदै कुलबहादुर बिहानै बाजा बजाउन आफ्नो काममा लाग्नु भएको स्थानिय मिनराज ढुंगानाले बताउनु भयो ।

उक्त घटना करिब बिहिबार बेलुका १०ः१५ बजेको समयमा भएको हुन सक्ने स्थानिय किशोर गौतमले बताउनु भयो । उत्तः घटना पश्चात आफुले जेसिभिबाट पहिरो पन्छाउदै सुरक्षाकर्मीको सहायतामा एक जनाको उद्धार सहित अन्यको शव भेटिएको उहाँले जनाउनु भयो । उक्त क्षेत्रमा पहिरो जाने जस्तो खासै ठुलो भिर नभए पनि जमिन रसाएको र हिलो तथा लेदो माटो सहित केही रुखहरुसंगै पहिरोमा आएको छ । पहिरो आएको पुर्व पट्टि अर्को ढलानको तीन तले घरमा समेत बाढी पसेको छ । कुलबहादुरका एक जेठी छोरी विदेशमा रहनु भएको छ भने एक छोरा पवन रहनु भएको छ अन्य परिवारका सबै जनाको ज्यान गएको छ ।

पोखरा १९ पुरुन्चौर तल्लोकोट टारीका कुल बहादुर परियारका छोरी ज्वाई स्याङजा निवासि अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । कुल बहादुर सहित उहाँकी श्रीमती ४३ बर्षकी मनकुमारी परियार, उहाँकी आमा ८५ बर्षकी लक्षिमा परियार, १५ बर्षकी छोरी प्रशना परियार, चितवन घर भई माइत आउनु भएको छोरी २० बर्षकी प्रभा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसै गरी ५६ बर्षकी स्थानिय राधिका परियारको समेत पहिरोमा परी मृत्यु भएको सूचना अधिकारी शर्माले जनाउनु भयो ।

उहाँले उक्त घटना पश्चात उद्धारमा खटिदा लडेर बेहोस हुँदा मृत्यु भएको बताइन्छ । उक्त घटनामा परी कुलबहादुरका छोरा पवन परियार र स्थानिय राधिकाका छोरा कुमार परियार घाइते हुनु भएको छ । उहाँहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भएको थियो । उहाँहरुलाई केही समय अघि मात्र डिस्चार्च गरिएको छ ।



This will close in 20 seconds