
दीननाथ बराल,
पोखरा १३, साउन,
पोखराको रामघाटमा पानीको सतह बढेर ताल बनेको छ । गएरातिबाट परेको ठुलो बर्षाले गर्दा सेतीनदीमा पानीको बहाब बढ्दा रामघाटमा यस बर्षको दोश्रो पटक पानीको सतह बढेर ताल बनेको स्थानियले बताउनु भयो ।

आज बिहान ४ः०० बजे देखि रामघाटमा पानी थुनिदा पानीको सतह बढेर आएको र बिहान ७ः०० बजे देखि विस्तारै खोलीदै गएको स्थानिय कर्णबहादुर गुरुङले बताउनु भयो । २०७९ सालमा रामघाटमा ताल बन्दा स्थानिय ८ र विस्थापित नै हुनु परेको हाल बस्ती नजिक पानीको सतह आएकोले आफुहरु निकै त्रसित भएको उहाँको भनाई थियो ।
सेतीनदीको खोँचबाट राम्रोसंग पानी जान नसके पछि रामघाट क्षेत्रमा पानी सतह बढेर तालको रुपमा परिणत हुदा आफुहरुलाई निकै चिन्क्ता हुने स्थानिय गुरुङको भनाई छ । राम्रोसंग टतबन्दन र सेतीनदीबाट पानीको बहाब बढेर आउदा उच्च सर्तकता आवश्यक भएको उहाँको भनाई छ ।
