Uncategorized

पोखरा क्रिकेटको अन्तराष्ट्रिय भेनु बनाउन सकिन्छः अध्यक्ष चन्द (भिडियो सहित )

पोखरा १६, भदौं, पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेनु बनाउन सकिने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा आयोजित दुई दिने रिफ्रेशर प्रशिक्षणको अवसरमा पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=dcFD5YWjV5c सन २०२७ मा हुने यू—१९ महिला विश्व क्रिकेट प्रतियोगिता काठमाण्डौं सहित पोखरामा समेत गर्न सकिने अध्यक्ष चन्दले बताए । पूर्वाधारको कारण पोखरा… पुरा पढौ

श्रीमदवीतकमा सहयोग रकम आउने क्रम जारी

पोखरा १, भदौं, पोखराको रत्नचोकमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा भक्तजनको भीड संगै विभिन्न संघ संस्था तथा ब्याक्तिहरुको सहयोग आउने क्रम जारी रहेको छ । गत साउन १० गते बाट सुरु भएको एक महिने श्रीमदवीतक चर्चाको २४ औ दिन समाजसेवी डब्लू टू गम बहादुर गुरुङले ५० हजार, डीज्नील्याण्ड एकेडेमी पोखरा ७ बाट २५ हजार ५ सय ५५, चिउलीपार्चे तमु समाज पोखरा १२ बाट २५ हजार, विन्दबासिनी धार्मिक क्षेत्र बिकास समितीका अध्यक्ष तथा वरिष्ठ उद्योगपति गणेश बहादुुर श्रेष्ठका श्रीमती… पुरा पढौ

मैत्रीपुर्ण खेलको उपाधि खेल पत्रकारलाई

पोखरा १, भदौं, खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपुर्ण फुटबल खेलको उपाधि खेल पत्रकारले चुमेको छ ।पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा खेल पत्रकारको टिमले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोलअन्तरले हराउन सफल भएको हो । खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टिमले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पुरा गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल गरे । मञ्चका लागि विरेन पुलामी… पुरा पढौ

साहित्य रत्न कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण

पोखरा १, भदौं, साहित्य रत्न पुरस्कारबाट कल्याण पन्त र रूना साहित्य पुरस्कारबाट असफल गौतम पुरस्कृत हुनु भएको छ । गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष साहित्यकार पन्त र मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार साहित्यकार एवं पत्रकार गौतमलाई शनिबार पोखरामा आयोजित एक समारोहबीच अर्पण गरिएको हो । साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गरिने उद्धेश्यले सञ्चालित दुवै पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष भानु भण्डारी क्षितिजले बताउनु भयो ।… पुरा पढौ

कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता

पोखरा, २९ साउन कुँडहर बचत तथा ऋण सहकारी संस्था र मणिपाल शिक्षण अस्पताल बीच अस्पतालले स्वास्थ्य सेवामा सुविधा दिने विषयमा सम्झौता भएको छ । यो सहमति अनुसार, अस्पतालले सहकारीका शेयर सदस्य तथा परिवारका सदस्य र कर्मचारीका लागि स्वास्थ्य सेवामा सुविधा उपलब्ध गराउने छ । सम्झौता पत्रमा मंगलबार सहकारीको तर्फबाट अध्यक्ष विश्व वन्धु थापा र अस्पतालको तर्फबाट सि।ई।ओ अनिल ओडुविलले हस्ताक्षर गर्नुभएको छ । सम्झौतामा सहकारीले प्रमाणित गरी पठाएकालाई अस्पतालले सुविधा प्रदान गर्ने उल्लेख छ । अस्पतालले १० देखि शत् प्रतिशतसम्म… पुरा पढौ

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब ९बिटी० ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार क्लबका… पुरा पढौ

पहिरोमा परी आमा, बाबु सहित परिवार गुमाउनु भएको पवन परियारलाई स्वदेश तथा विदेशबाट ३४ लाख संकलन

दीननाथ बराल, पोखरा २६,, साउन, दीदी बाहेक पोखरामा पहिरोमा परी परिवारका सबै सदस्य गुमाउनु भएका पोखरा १९ का पवन परियारको आवास निर्माणको लागि स्वदेश तथा विदेशबाट सहयोग रकम आउने क्रम जारी रहेको छ । पोखरा महानगरपालिका वडा नं.१९ मा गत असार २७ गते राति १०ः०० बजे गएको पहिरोमा परि परिवारका दीदी बाहेक सबै सदस्यहरू गुमाउनु भएका परियारलाई स्वदेश तथा विदेशबाट रकम आउने क्रम जारी रहेको पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार परियारको राहत… पुरा पढौ

भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो

चितवन, साउन २५, भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक समिक्षा गरेको छ । बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो । समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ । समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए। समिक्षामा… पुरा पढौ

असोज दोस्रो साता नयाँगाउँमा एमेच्युअर फुटबल

पोखरा, २५ साउन आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न लागेको हुँ,’ उनले भने । उनका अनुसार सो प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन… पुरा पढौ

फिस्टेल एकेडेमी र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बिचमा सिकाइ अनुभव आदानप्रदान

पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीहरूका बिचमा सिकाइ अनुभव आदानप्रदान भएको छ । फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभवहरू प्रस्तुत गरे । शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आई.बी.पी.वाई.पी. पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् । यस किसिमको… पुरा पढौ