Uncategorized

१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा, २४ असोज, पोखराको नयाँ बजारमा वि.सं.१९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ । तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोट मुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिनुुभयो । तत्कालीन समयमा स्थापना भएको मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उहाँले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताउनुुभयो ।मन्दिरमा रहेको… पुरा पढौ

पोखरा महानगरद्धारा ८ पसलमा अनुुगमन, ११ हजार मुल्य बराबरको सामग्री नष्ट

पोखरा, असोज १८ पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो ।पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुुगमन गरिएको… पुरा पढौ

दसैं, तिहारको अवसरमा बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट पाइने

पोखरा १४, असोज नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुट दिने ब्यवस्था गरीएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक… पुरा पढौ

पर्वतीय दौड प्रतियोगितामा सहभागी हुने आज अन्तिम दिन

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता गराउने आज अन्तिम दिन रहेको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पुम्दीभुम्दीमा पहिलो पटक आयोजना गरिएको उक्त दौडमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी हुनका लागि मङ्गलवार राती १२ बजेसम्म अनलाइन फर्म भर्ने समय रहेको हुँदा अझै सहभागीको संख्या बढ्न सक्ने सम्भावना पर्याप्त देखिएको कार्यक्रम संयोजक दीननाथ बराल बताउँछन् । उक्त प्रतियोगिता सफल पार्नका लागि पोखरा क्लिक सञ्चार… पुरा पढौ

महिला उद्यमी संघ कास्कीको साधारणसभामा महिला उद्यमीहरु सम्मानित

पोखरा, असोज ६ महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ । संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ । त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका… पुरा पढौ

लेकसिटी कलेजको संचालक समितिको अध्यक्षमा पुनः प्राडा पराजुली

पोखरा, ४ असोज पोखरा वडा नं ४ स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरको १७ औं साधारण सभा तथा अधिवेशनले संचालक समितिको अध्यक्षमा पुनः प्राडा विश्वकल्याण पराजुलीलाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश डा. रामनाथ ओझा, विष्णु अधिकारी, शोभाकान्त सिग्देल र सदस्य सचिव नारायण कुमार श्रेष्ठ रहेका छन् । लेकसिटी कलेज संचालक समितिका संस्थापक अध्यक्ष गेहेन्द्रेश्वर कोइराला र वर्तमान अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले संयूक्त रुपमा व्यानरमा हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गरेका थिए । संस्थापक अध्यक्ष गेहेन्द्रश्वर कोइरालाले कलेजले पढाइ सँगै… पुरा पढौ

पोखरा सडक पेटिका रुख विरुवा काटछाट् भए पछि….

.दीननाथ बराल,पोखरा २, असोज, केही दिन अघि पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो… पुरा पढौ

पर्वतीय दौड सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल पार्नका लागि असोज ३ गते बिहीवारका दिन अन्तरक्रिया गरिने भएको छ । पोखरा-२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल आवश्यक भएकाले पोखरा २२ का सम्पूर्ण सरोकारवालासँग बृहत् अन्तरक्रिया राखिएको आयोजकले जनाएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ । पोखरा क्लिक… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

दीननाथ बराल,पोखरा, ३१ भदौ, गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ… पुरा पढौ

डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् ।डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो ।२० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे । डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका… पुरा पढौ