
दीननाथ बराल,
पोखरा १२, कार्तिक,
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आवश्यकता भन्दा बढी विलाशिता क्षेत्रमा बढी लगानी गरेको आरोप लगाउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो देशको आर्थिक अबस्था भन्दा बढी महत्वकाक्षि भई अनावश्यक भौतिक संरचनामा ठुलो लगानी गरेको आरोप लगाउनु भएको हो ।
धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन देखि पुल निर्माण एवं प्रधानमन्त्री निवास लगायतको क्षेत्रमा आवश्यकता भन्दा बढी विलाशिताको लागि ठुलो रकम खर्च हुदै आएको उहाँको आरोप छ ।
नेपालका १६ वटा विमानस्थलमा भएको लगानी अनुसारको विमानस्थलहरु प्रभावकारी ढंगले संचालन हुन नसक्दा पोखरा अन्तराष्ट्रिय विमानस्थल जस्तै नाम मात्रकै अन्तराष्ट्रिय विमानस्थल तर आन्तरिकमै सिमित भएको अध्यक्ष नेपालले दाबी गर्नु भयो । उत्पादनशिल क्षेत्रमा र प्रतिफल हुने स्थानमा मात्र लगानी गर्न आफुहरुले पहिले देखि भन्दै आएको उहाँले जनाउनु भयो ।
यसै सम्बन्धि पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वोल्नु भएको भिडियो सामाग्रि ।




