पोखरा क्रिकेटको अन्तराष्ट्रिय भेनु बनाउन सकिन्छः अध्यक्ष चन्द (भिडियो सहित )

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८१ मा प्रकाशित


पोखरा १६, भदौं,

पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेनु बनाउन सकिने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा आयोजित दुई दिने रिफ्रेशर प्रशिक्षणको अवसरमा पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । यसै सम्बन्धि भिडियो सामाग्रि ।

सन २०२७ मा हुने यू—१९ महिला विश्व क्रिकेट प्रतियोगिता काठमाण्डौं सहित पोखरामा समेत गर्न सकिने अध्यक्ष चन्दले बताए । पूर्वाधारको कारण पोखरा सम्भाव नहुने बताए । मौसम र शुरक्षाको हिसाबले पोखरा अन्य प्रदेश भन्दा उपयूक्त भेन्यूको रुपमा रहे पनि अबको दुई वर्ष भित्र सबै पूर्वाधार तयार गर्न सके पोखरा विश्व कप क्रिकेटको आयोजना स्थल हुन सक्ने उनले जनाए । अन्तर्राष्ट्रिय आयोजनाका लागि होटल वा आवाशको सुविधामात्रै नभएर खेल मैदान र खेलाडी संग जोडिएका महत्वपूर्ण विषयहरु रहेको उल्लेख गर्दै उनले प्रेक्टिस भेन्यु, पेभिलियन, चेन्जिङ रुम, प्याराफिट लगायत आधारभुत कुराहरु आवश्यक हुने बताए ।

पछिल्लो समय नेपाली यूवाहरुमा क्रिकेटको क्रेज बढ्दै गएको बताउँदै अध्यक्ष चन्दले अवको पाँच वर्ष भित्र नेपालमा पाँच ठूला अन्तर्राष्ट्रियस्तरका पूर्वाधारहरु बन्ने दावी गरे । नेपालको क्रिकेट विकासका लागि नेपाली अम्पायरहरुको समेत महत्वपूर्ण योगदान हुने विषयमा चर्चा गर्दै उनले नेपालमा हुने प्रतियोगितामा नेपाली खेलाडीहरुको उच्च प्रदर्शन र जितको प्रतिशत उच्च रहेको जनाए । नेपालमा हुने प्रतियोगितामा खेलाडी संगै नेपाली अम्पायरहरुले समेत संग–संगै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने भएकोले पनि क्यानले धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जोड दिएको उल्लेख गरे ।

यसैबिच, क्रिकेट अम्पायरस् एण्ड स्कोरर्स एशोसियसन (कुसान)को आयोजना र प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा पोखरामा दुई दिने रिफ्रेशर प्रशिक्षण हालै सम्पन्न भएको छ । प्रशिक्षणमा नेपाल भरका ६५ जना अम्पायरहरुको सहभागिता रहेको कार्यकम संयोजक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए । संघको देश भर ४५ शाखा स्थापना भएको छ ।