पोखरामा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा संचालन नहुँदा यात्रुलाई सास्ती(भिडियो) सहित

-


     पोखरा क्लिक     
     श्रावण १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १३, साउन,

पोखरा सहित गण्डकी प्रदेशमा आज(आइतबार) बिहानै देखि सार्वजनिक यातायात सेवा संचालन नहुदा यात्रुहरुले सास्ती भोग्नु परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आइतबार देखि महासंघमा आबद्ध कालोप्लेटका सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगर्दा यात्रुले सास्ती भोग्नु परेको हो ।

प्रदेशमा राइड शेयरिङ एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै पोखरा सहित गण्डकी प्रदेशमा आज बिहानै देखि सार्वजनिक यातायात सेवा (कालो प्लेटका सवारी साधन) ठप्प पारेको हो ।आफ्नो माग पूरा नभए प्रदेश बन्द हुदै नेपाल बन्द समेत गर्न सक्ने महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले चेतावनी दिनु भएको छ ।

आफुहरुको माग पूरा नभएकोले आज देखि आफ्ना सम्पूर्ण यातायात सेवा घर ग्यारेज गरी सेवा ठप्प पारेको महासंघ प्रदेश संयोजक केदार प्रसाद पौडेलले पोखराक्लिकलाई बताउनु भयो । रातो प्लेटलाई समेत अवैध रुपमा यात्रु ओसारपोसर गर्न दिने गरी कार्यविधि ल्याउन लागेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयको उक्त निर्णय फिर्ता गर्न दिएको ४८ घण्टे अल्टिमेटम समेत सकिएकोले आफुहरु आन्दोलित हुनु परेको उहाँको भनाई थियो ।

आइतबार पोखराको पोखरा बस सेवा, पोखरेली ट्याक्सी सेवा, पृथ्बीराजमार्ग बस संचालक कम्पनी लगायतका विभिन्न कम्पनीहरुका छोटो तथा लामो दुरीका कुनै पनि यात्रु बहाक बस तथा यातायात सेवा संचालन नभएकोे महासंघ प्रदेशका सचिव योगेन्द्र केसीले बताउनु भयो । पोखराका मुख्यचोकमा सुरक्षाको लागि नेपाल प्रहरी तैनाथ गरिएको छ भने यात्रुहरु मर्कामा पर्नु भएको छ ।

यसै सम्बन्धि भिडियो सामाग्रि ।