भोलि(आइतबार) देखि पोखरा सहित गण्डकी प्रदेशमा यातायात सेवा संचालन नगर्ने व्यवसायीको चेतावनी

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १२, साउन,

पोखरा सहित गण्डकी प्रदेशमा भोलि(आइतबार) देखि सार्वजनिक यातायात सेवा संचालन नगर्ने व्यवसायीहरुले चेतावनी दिनु भएको छ । प्रदेशमा राइड शेयरिय एपलाई मान्यता दिन लागेको बिरोधमा आन्दोलनमा उत्र्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गंण्डकी प्रदेशले आफ्नो माग पूरा नभएको भन्दै आइतबार देखि आफ्ना सम्पूर्ण यातायात सेवा संचालन नगर्ने चेतावनी दिएको हो ।

रातो प्लेटलाई समेत अवैध रुपमा यात्रु ओसारपोसर गर्न दिने गरी कार्यविधि ल्याउन लागेको भौतिक पूर्वाधार बिकास तथा यातायात व्यबस्था मन्त्रालयको उक्त निर्णय फिर्ता गर्न दिएको ४८ घण्टे अल्टिमेटम समेत सकिने अबस्थामा आफुहरुको माग पूरा नहुने भएकोले आफ्ना माताहातमा रहेका सबै सवारी साधनहरु संचालन नगर्ने महासंघका प्रदेश संयोजक केदार प्रसाद पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।

आइतबार पोखराको पोखरा बस सेवा, पोखरेली ट्याक्सी सेवा, पृथ्बीराजमार्ग बस संचालक कम्पनी लगायतका विभिन्न कम्पनीहरुका छोटो तथा लामो दुरीका कुनै पनि यात्रु बहाक बस तथा यातायात सेवा प्रभावित हुने भएको महासंघ प्रदेश ुसचिव योगेन्द्र केसीले बताउनु भयो ।

यष बिषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यबस्था मन्त्री राजीव गुरुङले अब छिटेटै राइड शेयर एपमार्फत रातो प्लेडका सवारी साधनलाई समेत यात्रु ओसार पोसार गर्न गरी कार्यविधि ल्याउने बताउनु भयो । उहाँले हालसम्म राइड शेयरिङको कानून नभएकोले उनीहरुलाई संचालन गर्ने गरी कार्यविधि ल्याउन लागेको पोखराक्लिकलाईबताउनु भयो । व्यवसायीले आन्दोलन गरी सडकमा ट्याक्सी तेर्साएमा आफुहरुले डोजर र जेसिभि तेर्साउने उहाँले प्रतिकृया दिदै कानून बनायर निश्चित मापदण्डका आधारमा सबैलाई गरि खाने वातावरण मिलाउने जनाउनु भयो ।



This will close in 20 seconds