खेलकुद

सहारालाई राज्यले सहयोग गर्नुपर्छ उपाध्यक्ष आचार्य

पोखरा २५ चैत, राष्ट्रिय खेलकुद परिषद् -राखेप_ का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा निरन्तर लागि पर्दै आफ्नै एकेडेमी सञ्चालन गरि राज्यलाई ठूलो योगदान गरेका कारण यसलाई राज्यले नै वार्षिक बजेटको व्यवस्थापन गर्न अत्यावश्यक रहेको बताएका हुन् । एकेडेमीको सभाहलमा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्ण बहादुर गुरुङले सहाराको स्थापनाकालदेखि आहा रारा पोखरा गोल्डकपको… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको प्रायोजनमा सहारा क्लब पोखराको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।क्लबले उक्त विदामा विगत ८ बर्ष देखी निरन्तर रुपमा प्रायोजन गर्दै आएको छ । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन… पुरा पढौ

चैत २९ देखि प्रथम एलिट भलिबल कप हुँदै, बचत रकम खेलाडी उत्पादनमा खर्चिने

पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण… पुरा पढौ

क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न

पोखरा, चैत्र २२, पोखरामा हिजो सुरु भयको क्रिकेट अम्पायर तथा स्कोररहरूका लागि दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । कास्की जिल्ला क्रिकेट संघद्वारा आयोजित कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गरेको तालिमको समापन किडासाका फाईनान्स कन्ट्रोलर बसन्तराज पराजुलीको प्रमुख आतिथ्यतामा संयोजक संस्था पोखरा क्रीकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरको अध्यक्षतामा सम्पन्न भयको थियो । समापन कार्यक्रममा तालिममा सहभागी अम्पायर स्कोररहरुलाइ ।सहभागिताको प्रमाणपत्र बितरण गरिएको थियो। सो अवसरमा बोल्दै संघका अध्यक्ष… पुरा पढौ

शनिबार देखि पोखरामा केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको हुने

पोखरा, २२ चैत, शुन्दर नगरी पोखरामा भोलि (शनिबार) बाट सुरु हुने केपी ओली कप राष्ट्रिय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने केपी कपमा कुल १६ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसंगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बिच हुने भएको छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं र हेटौडा एसएबिच हुनेछ । खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

चैत्र १९, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको… पुरा पढौ

गण्डकी प्रदेशका ८ जिल्लामा खेलकुद विकास समितिहरूले पदाधिकारी पाए

पोखरा, गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजिक एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराए संगै ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको… पुरा पढौ

न्यूरोड हब ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको च्याम्पीयन

पोखरा, चैत १५, पोखरामा सम्पन्न ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यूरोड हबले जितेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा ४ अंक जोडेको न्यूरोड हब प्रतियोगिताको च्याम्पीयन बनेको हो । न्यूरोड हबले पहिलो दिन लेखनाथ ईगल्सलाई ७ विकेट र अन्तिम दिन लेकसाईड फाल्कोनलाई ३ विकेटले पराजित गरेको थियो । समान खेलमा लेखनाथ ईगल्सले एक खेल जितेर २ अंक बटुल्दै दोश्रो हुँदा लेकसाईड फाल्कोन जितिविहीन् बन्दै अंक… पुरा पढौ

चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सको पहिलो जित

पोखरा, चैत १४, पोखरामा जारी ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ ईगल्सले पहिलो जित निकालेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७ विकेटले पराजित भएको थियो । लेखनाथस्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट… पुरा पढौ

पोखरामा लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता हुने (भिडियो सहित)

दीननाथ बराल,पोखरा १४, चैत, पर्यटनको राजधानि पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरूष भलिवल प्रतियोगिता २०८२ हुने भएको छ । लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ एमको आयोजनामा पोखरा रंगशालाको कभर्डहलमा आउँदो वैशाख १८ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको आज(बिहीबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि https://www.youtube.com/watch?v=UWE4ufINgRQ ५ दिन चल्ने प्रतियोगितामा विदेशी सहित ६ टिमको सहभागी हुने डिष्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले बताउनु भयो । पाहुना टोली पाकिस्तान भलिवल क्लव इस्लामावाद, नेपाल पुलिस… पुरा पढौ