खेलकुद

पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता ः लेखनाथले लेकसाईडलाई हरायो

पोखरा, फागुन २१, पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लव बिजयी भएको छ । लेखनाथले लेकसाईड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा बिजयी शुरुवात गरेको हो । लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए… पुरा पढौ

पोखरा महानगर दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लवको बिजयी शुरुवात

पोखरा, फागुन २०, पोखरा महानगरपालिका दोश्रो अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ मा कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा आजदेखि लेखानाथस्थित ईडेन हेभेन क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अरण्यज्योति क्रिकेट क्लवलाई ७४ रनले पराजित गर्दै कास्की क्रिकेट क्लवले बिजयी शुरुवात गरेको हो । टस जितेर पहिले व्याटिङमा उत्रिएको कास्की क्रिकेट क्लवले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता ट्रेनिङलाई

पोखरा, १७ फागुन, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हाता पारेको छ । अघिल्लो वर्ष उपविजेता वनेको गलकोटले यस वर्ष माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता वनेको हो । विजेत वनेको गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगितामा शुक्ला गण्डकी नगरपालिका तनहुँ उपविजेतामा नै चित्त वुझायो । शुक्ला गण्डकीले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त ग¥यो… पुरा पढौ

पोखरामा प्रथम त्रिभुवन स्मृति कप सुरु, शुक्रबार ४ खेल सम्पन्न

पोखरा १६, फागुन, परिवर्तन युवा क्लब पोखरा २२ को आयोजना र पोखरा हटलाइनको सहआयोजनामा आयोजित प्रथम त्रिभुवन स्मृति कप ५ ए साईड फुटबल प्रतियोगिता २०८१ शुक्रबार देखि सुरु भएको छ। शुक्रबार पहिलो चरणका ४ खेल सम्पन्न भएको क्लवले जनाएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद प्रकाश बरालले उक्त प्रतियोगिताको उद्घाटन गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय अधिकारी नवराज बराल रहनु भएको थियो । प्रतियोगितामा सहभागी कुल २० प्रतियोगी समूहमध्ये शुक्रबार आठवटा समूहको चार खेल सम्पन्न… पुरा पढौ

दसौं राष्ट्रिय खेलकुदको मिति सर्यो, ६ खेल निलम्बनमा

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति पुनः सरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज (बिहिबार) बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको राखपेपका सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो । यसअघि दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । राखेपले ६ वटा खेल संघलाई कार्वाही गरेको छ । नेपाल ओलम्पिक… पुरा पढौ

तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी

हेमजा, १५ फागुन माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधवार देखि जारी तेस्रो मााछापुच्छे« गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रे«लाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला… पुरा पढौ

सराङकोटमा आयोजना हुने महायज्ञमा सहभागि हुने भक्तजनलाई २ सय मै केवलकारको यात्रा गर्न पाउने

दीननाथ बराल, पोखरा १३, फागुन, पोखरा १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा महायज्ञ तथा महोत्सवमा सहभागि हुने भक्तजन एवं दर्शकहरुको लागि अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकारमा यात्रा गराउने भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले ७१ प्रतिशत छुटमा केवलकार सेवा दिने भएको हो । उक्त महायज्ञ एवं महोत्सवमा आउने आगन्तुक भक्तजनहरुको लागि जनही २ सय रुपैयाबाट यात्रा गराउने भएको अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो । सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन… पुरा पढौ

बुधबारदेखि धम्पुसमा पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने, महिला तर्फको प्रतियोगिता सुरु भएसंगै पुरुष तर्फको पुरस्कार राषिमा ३३ प्रतिशतले घट्यो

दीननाथ बराल, पोखरा, १३ फागुन कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भोलि (बुधबार) देखि तेस्रो माछापुच्छु«े गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । माछापुच्छु«े गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ«े गाउँपालिका वडा नं.७ धम्पुसको व्यवस्थापन र माछापुच्छ«े गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १७ गते सम्म हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिता अन्र्तगत पुरुष तर्फ १४ टिम र महिला तर्फ ५ टिमको सहभागिता… पुरा पढौ

एक दिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा, फागुन १३, सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले १०२ बल… पुरा पढौ

फागुन १६ बाट सुरु हुने तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

पोखरा, १३ फागुन, विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि तेश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए… पुरा पढौ