पृथ्बी होटल संघको अध्यक्षमा मोती प्रसाद श्रेष्ठ

-


     पोखरा क्लिक     
     भाद्र २१ गते २०८२ मा प्रकाशित


पोखरा, २१ भदौ,

पृथ्वी होटल व्यवसायी समितिको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनले मोती प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । पोखरामा हालै सम्पन्न भएको उक्त अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी समितिको बरिष्ठ उपाध्यक्षमा ऋषिराम पौडेल, उपाध्यक्षमा विदुर ढुंगना, महासचिवमा शोभाकान्त चापागाई, सचिवमा कन्चन बराल, कोषाध्यक्षमा अनुप पाण्डे, सहकोषाध्यक्षमा मित्रलाल ढकाल चयन भएका हुन् । त्यसै गरी अन्य १० जना सदस्य चयन भएका छन् । व्यवसायिक हकहित र पोखराको पर्यटन प्रबद्र्धन गर्न विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी अघि बढ्ने नवर्निाचित अध्यक्ष श्रेष्ठले बताए ।

समितिको निवर्तमान अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ले आफ्नो कार्यकालमा सुरु गरिएको पोखरा जाऔं प्रकृतिसंग रमाऔं अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न आग्रह गरे ।