खेलकुद

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ मन्त्री थापा

पोेखरा ११, असोज, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत क्रिकेट खेलमा नेपालले प्राप्त गरेको उपलब्धी प्रशंसनिय रहेको उल्लेख गरे । “क्रिकेटका कारण विश्वभर भएका सबै नेपाली एक भएका छौं । हाम्रो भावनालाई मजबुत बनाएको छ ।”, उनले भने । सम्पूर्ण खेलाडी र क्यान परिवारलाई बधाई दिँदै मन्त्री थापाले खेलकुदको विकासमा खेल संघसंस्थाहरुको… पुरा पढौ

प्रथम पर्वतीय दौडमा उद्यमी बराल र अन्तर्राष्ट्रिय धावक गुरुङलाई विशेष सम्मान

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक पुम्दी–भुम्दीमा सम्पन्न हुन लागेको पर्वतीय दौड प्रतियोगितामा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरिने भएको छ ।‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ भन्ने उद्घोषका साथ यही असोज १२ गते शनिबार (भोलि) बिहान ७ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा समाजसेवी बराल र धावक गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको करकमलबाट सम्मानित गरिने कार्यक्रम रहेको संयोजक दीननाथ बरालले जानकारी दिए । पोखरा–२२ कास्कीमा जन्मेका बहुआयामिक व्यक्तित्वका धनी चन्द्रकान्त… पुरा पढौ

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४, उद्यमी चन्द्रकान्त बराल र पूर्व लेफ्टिनेन्ट अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई सम्मान’ गरिने

पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् ।बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो… पुरा पढौ

पर्यटन मन्त्रालयको विषयगत समितिको बैठक पोखरामा, प्रादेशिक ध्वजावाहक जहाज खरिद गर्ने सम्बन्धी प्रारम्भिक सहमति

दीननाथ बराल पोखरा, असोज ९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विषयगत समितिको बुधबार पोखरामा बसेको बैठकले पर्यटन शुल्क, दस्तुर संकलन, बाँडफाँट र उपयोगको सम्बन्धमा राष्ट्रिय मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । मनपरी शुल्क लिने र दोहोरो, तेहेरो शुल्क लिएको भन्दै नागरिक स्तरबाट विरोध आउन थालेपछि परिषद बैठकले मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने पोखरामा बसेको उक्त बैठकले निर्णय गरेको हो । त्यस्तै, बैठकले संघीय मन्त्रालयले तयार गरेको पर्यटन नीतिको मस्यौदा सबै प्रदेश मन्त्रालयलाई तत्काल सम्प्रेषण… पुरा पढौ

पोखरा महानगरपालिका तेक्वान्दो संघको अध्यक्षमा हर्क गुरुङ

पोखरा ९, असोज, पोखरा महानगरपालिका तेक्वान्दो बिकास संघको अध्यक्षमा हर्क बहादुर गुरुङ चयन हुनु भएको छ । पोखरामा बुधबार सम्पन्न भएको संघको पहिलो साधारण सभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा ४ बर्षीय कार्यकालको लागि ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो । त्यसै गरी संघको प्रथम उपाध्यक्षमा धर्मराज शाही, द्धितिय उपाध्यक्षमा महेश्वर अधिकारी, सचिवमा निरोज बहादुर नेपाली, कोषाध्यक्षमा रुद्र बहादुर गुरुङ (जुबु) चयन हुनु भएको हो भने अन्य सदस्यहरुमा मिरा गुरुङ, अस्मित लो लामा, कृष्ण भण्डारी, दीपक कुवंर, आविस्कार… पुरा पढौ

ट्रफी टुर पोखराको फेवातालमा

पोखरा ९, असोज, एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) को ट्रफी टुर पोखराको फेवातालमा सम्पन्न गरिएको छ । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल स्थित बाराही घाटमा उक्त टुर गरिएको हो । यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुने महिला फ्रेन्चाइज भलिबल लिगको ‘ट्रफी टुर’ तथा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम तय भएकोले उक्त कार्यक्रमको प्रबद्र्धन गर्न सो कार्यक्रम भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा सहितको कार्यक्रममा सहभागिता रहेको थियो । ट्रफी टुर बाराहीघाट र पोखरा… पुरा पढौ

विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पर्वतीय दौडसम्मका कार्यक्रम हुने

दीननाथ बराल, पोखरा ८, असोज, यस बर्षको ४५ औं विश्व पर्यटन दिवसका अवसरमा पोखरामा मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम हुने भएको छ । पोखरा पर्यटन परिषदको समन्वयमा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पर्यटन मन्त्री सहित सातै प्रदेशका पर्यटन मन्त्रीहरुको बैठक, मिनि सडक महोत्सव देखि पुम्दी भुम्दीमा पर्वतीय दौड प्रतियोगिता लगायतका कार्यक्रम गरि उक्त दिवस मनाईने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । पर्यटन दिवसको अवसरमा पोखरा क्षेत्र केन्द्रित हुने गरी… पुरा पढौ

पर्वतीय दौड प्रतियोगितामा सहभागी हुने आज अन्तिम दिन

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता गराउने आज अन्तिम दिन रहेको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पुम्दीभुम्दीमा पहिलो पटक आयोजना गरिएको उक्त दौडमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी हुनका लागि मङ्गलवार राती १२ बजेसम्म अनलाइन फर्म भर्ने समय रहेको हुँदा अझै सहभागीको संख्या बढ्न सक्ने सम्भावना पर्याप्त देखिएको कार्यक्रम संयोजक दीननाथ बराल बताउँछन् । उक्त प्रतियोगिता सफल पार्नका लागि पोखरा क्लिक सञ्चार… पुरा पढौ

गण्डकी प्रदेश जिम्न्याष्टिक संघमा योगेन्द्र, कास्कीमा सोम

पोखरा, ५ असोज गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिवार सम्पन्न प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सिता काफ्ले रेग्मी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, निरु भट्टराई, समिक्षा वुढाथोकी, विशाल पुन र दिलिप गुरुङ चयन हुनु भएको छ । यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको विशेष साधारण सभाले सोमबहादुर साईको अध्यक्षतामा निर्विरोध… पुरा पढौ

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा, ५ भदौ, पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन् ।… पुरा पढौ