खेलकुद

छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

मंंसिर ७,   कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका  सुमन मिजार प्रथम, शुक्लागण्डकीका  रुपक दर्लामी  द्धितिय र  निश्पक्ष मा.विका  अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा.वि की मनिषा बि.क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा स्पोट्स मिट जारी

पोखरा ७, मंसिर पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोट्स मिट २०८१ अन्र्तगत शुक्रबार विभिन्न प्रतियोगिताको फाइनल चरण सम्पन्न भएको छ । जुनियर तर्फको बास्केटवल प्रतियोगितामा ब्लू समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । त्यसै गरी जुनियर भलिवल प्रतियोगितामा भने रेड समुह प्रथम हुँदा ब्लू समुह दोश्रो भयो । सिनियर भलिवल तर्फ ग्रिन समुह प्रथम हुँदा रेड समुह दोश्रो भयो । छात्रा प्लस टु तर्फको डोरी तान्ने प्रतियोगितामा कक्ष ११ को विज्ञान समुह प्रथम, कक्षा १२… पुरा पढौ

पोखराको स्टेप बाई स्टेपमा खेलकुद प्रतियोगिता सुरु

पोखरा ६, मंसिर, पोखरा मासवार स्थित स्टेप बाइ स्टेप माविमा यस बर्षको बार्षिक खेलकुद प्रतियोगिता २०८१ सुरु भएको छ । बुधबार बिद्यालयमा आयोजित एक समारोहका बिच विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाएर ३ दिने खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम,आइन्सटाइन हाउस द्वितीय, भयो भने छात्रा फुटबलमा… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु मेसी, रोनाल्डो, सन्दीप लामिछाने, सावित्रा जस्ता प्रतिभा पोखरामा पनि जन्मन सक्छनः सांसद गुरुङ

दीननाथ बरालपोखरा ५, मंसिर, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले उद्घाटन गर्दै बिद्यालयले शिक्षासंगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नूपर्नेमा जोड दिनु भयो । उहाँले हरेक व्यक्तिसंग विभिन्न क्षमता हुने हुदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न बिद्यार्थीहरुमा आग्रह गर्नु भयो । सांसद गुरुङले नेपालका सन्दिप लामिछाने, सावित्रा भण्डारी देखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता… पुरा पढौ

खेलकुदमा देखिएको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीको माग, दशौं खेलकुदको तत्काल मिति तोक्न सदस्य सचिव शर्माको आग्रह

दीननाथ बरालपोखरा ४, मंसिर, खेलकुद क्षेत्रमा देखिको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले माग गरेको छ । आज भन्दा दुई बर्ष अघि गण्डकी प्रदेशको राजधानि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन संगै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति २०८१ म्ंसिर २ देखि ९ गतेको मिति घोषणा गरे पनि हालसम्म राष्ट्रिय खेलकुद परिषदले यसका बिषयमा मौन रहेकोले खेलकुद क्षत्रमा भएको अन्यौल अन्त्य गर्न परिषदले माग गरेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यथासिघ्र घोषणा गर्न यूवा तथा… पुरा पढौ

पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

पोखरा ४, मंसिर, मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १… पुरा पढौ

यु–१९ विश्वकपका लागि छानिएकी रचना र अग्रज क्रिकेट दीपेशलाई पोखरामा सम्मान

३ मंसिर, पोखरा, पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले एक समारोहका बीच दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई उनीहरूले पोखराको क्रिकेट विकासमा पु¥याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरे । सो अवसरमा बोल्दै… पुरा पढौ

यु १९ विश्वकप क्रिकेटमा छनौट भएका गण्डकी प्रदेशका ४ खेलाडीलाई पोखरामा स्वागत

पोखरा १, मंसिर, यु १९ महिला विश्वकप र एसिया कपमा नोपली टिममा छनौटमा परेका गण्डकी प्रदेशका ४ जना खेलाडीहरुलाई पोखरामा स्वागत गरिएको छ । नेपाली युवा टोलीका चार सदस्यलाई गण्डकी प्रदेश क्रिकेट संघले स्वागत गरेको हो । ऐतिहासिक सफलता दिलाउन सफल महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल लगाएतले टिमलाई स्वागत गर्नु भएको हो ।… पुरा पढौ

लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल

पोखरा, २९ कात्तिक, पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि।मी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने… पुरा पढौ

सहाराको देउँसी भैलोबाट १२ लाख संकलन, आहा राराको घाटा देउसी भैलोले राहत

पोखरा २९, कार्तिक, गत बर्षको २३ औं संस्करणमा करिब १५ लाख घाटा व्यहोरेको सहारा क्लवले यस बर्षको देउसी भैलो कार्यक्रमबाट धेरै राहत मिलेको छ । उक्त प्रतियोगिता र देउसी भैलोको बचत रकम सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको सहारा क्लवलाई देउसी भैलो कार्यक्रमबाट १२ लाख रुपैया संकलन भएसंगै धेरै राहत भएको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा… पुरा पढौ