खेलकुद

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ । यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् । अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५ खज्र्याङ घर… पुरा पढौ

विहिबार देखि पोखरामा मोहन स्मृति विद्यालय स्तरीय राष्ट्रिय तथा पोखरा वडा स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा २५, वैशाख पोखरामा विहिबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति र मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा विहिबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा तेश्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही बैशाख २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयस्तरीय (मावि तथा प्रावि स्तरीय ) सँगै महानगर वडास्तरीय विभिन्न उमेर समुहको छात्र तथा छात्रा तर्फ प्रतिष्प्रर्धा हुने भएको फाउण्डेशनका अध्यक्ष भूगोल… पुरा पढौ

मर्दिखोला शैक्षिक प्रतिष्ठानद्वारा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण

मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७ सरकारी विद्यालयलाई शैक्षिक सामाग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रम आयोजना गरि ७ विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, बिज्ञान सामाग्री तथा पुस्तक गरि ९ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छभने १०, ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार ५ विद्यार्थीलाई २० हजार रुपैयाँका दरले १ लाखको छात्रवृत्ति प्रदान… पुरा पढौ

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको महासचिव राजाराम पौडेलले बताए । यसअघि, उक्त अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार र सागरराज तिमिल्सिना सम्मानित भइसकेका छन् । पोखरा १,… पुरा पढौ

वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष ०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । अनुस्का शेरचन (आर्चरी)अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् ।… पुरा पढौ

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको जीवन सुरक्षीत हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुनसक्छ, सामान्य छ कुरा यसलाई अत्यन्त विशिष्ट र जटिल बनाएर नियम क्रस गर्न खोजियो भने हाम्रो जीवन चक्र पनि चल्दैन’ उहाँले भन्नुभयो । शरीरमा रोग लाग्न… पुरा पढौ

चपस कास्कीको २०८१ सालको भित्तेपात्रो विमोचन

चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ । पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गरे… पुरा पढौ

नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रमले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता थप्दै आएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन आयोजकले मुल आयोजक समिति र तेह्रवटा विभिन्न उपसमिति निर्माण गरेर तयारीलाई तीव्रता दिइरहेको मञ्चले जनाएको छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो… पुरा पढौ

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका महासचिव राजाराम पौडेलले… पुरा पढौ

महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता हुने तयारी

दीननाथ बराल,पोखरा २३, वैशाख, “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता यही वैशाख २८ देखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता यही वैशाख ३० गतेसम्म चल्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका अध्यक्ष आनन्दकुमार तत्रझ्या(काजी) ले बताउनु… पुरा पढौ