खेलकुद

फुटसल उपाधि यात्रा नेपाललाई, प्रदेशको साख जोगाउन अहिलेबाटै प्रशिक्षण आवश्यकः सदस्य गुरुङ

दीननाथ बराल,पोखरा २४, चैत, हार्ड वोण्ड फ्रेण्ड्सको आयोजनामा पोखरामा शनिवार सम्पन्न भएको प्रथम एमेचर फुटसल प्रतियोगिता २०८० मा यात्रा नेपालको टिमले उपाधि जितेको छ । स्पोट्स क्यासल फुटसलमा शनिबार भएको फाईनल खेलमा यात्रा नेपालले मिलन टोल समुहलाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यात्रा नेपालको जितमा संदिप तामाङ, दिनेश गुरुङ, अंकिल गुरुङ र प्रनिल रानाभाटले एक÷एक गोलको गोगदान दिनु भयो । प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रहेको थियो भने दोश्रो पुरस्कार २५ हजार… पुरा पढौ

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनका उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयां, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली –जुम्ला)का दुर्गाबहादुर बुढाले… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

पोखरा, २४ चैत, नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र… पुरा पढौ

ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा

साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने धारणा राखिन् । “क्षमता भएर पनि गृहिणी मात्र भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निश्चित परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काट्दै सोसाइटीमा कम र सोसल मिडियामा बढी समय बिताएका छन्, तिनलाई उत्प्रेरणा जगाउने निबन्ध कृतिमा छन्”, ऋतुले भनिन्, “नारीलाई आदर्शमा देवी… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस ः सारालाई दोहोरो उपाधि, यू–१६ मा सुनिरा च्याम्पियन

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । १९ औं एसियाली खेलकुदमा समेत… पुरा पढौ

शान्ति निकेतनमा विद्यार्थी दीक्षित, १० को बिदाई

पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ ।विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरेको छ भने एसईई दिएका विद्यार्थीको बिदाई पनि गरिएको छ ।   कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । तिवारीले पोखराका विद्यालयमध्ये… पुरा पढौ

खेलकुद मन्त्री श्रेष्ठद्वारा ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

युवा तथा खेलकुद मन्त्री माननिय विराज भक्त श्रेष्ठले अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित दोश्रो भक्तपुर जिल्ला वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आज शुक्रबार एक कार्यक्रमविच उद्घाटन गरे । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, यु–१५ एकल र मास्टर्स ४५ युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सविन ढुङ्गेलले जानकारी गराए । प्रतियोगितामा भक्तपुर जिल्लाका २०२ खेलाडीहरुले विभिन्न ५ बिधामा प्रतिस्पर्धा गर्ने छन् । कुल पुरस्कार रासी २ लाख रहेको प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाणपत्रका साथै शिर्ष तीनमा… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस स् यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् । जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा म्याक्ग्लानलाई ६–०,… पुरा पढौ

विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ स् प्रमुख आचार्य

पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । चैत्र १९ देखी २२ गतेसम्म सञ्चालन गरिएको तालिम महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा सम्पन्न भएको हो । तालिमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विपद्का बेला प्राथमिक उपचार महत्त्वपूर्ण हुनुभएकाले यसका लागि आवश्यक ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको विपद्मा उद्धारकर्ताहरूलाई सुरक्षित सेवा उपलब्धता सुनिश्चित गर्न आवश्यक सिप विकास तथा उपचार विधिका बारेमा सचेतनाका लागि तालिम उपलब्धिमूलक भएको… पुरा पढौ

अन्तर्राष्ट्रिय खेलकुद दिवस ः खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–अध्यक्ष श्रेष्ठ

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजनामा बिहिबार खेलकुद सम्बन्धी गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीको सम्बोधन गर्दै श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्विनी नेपाली खेलकुदको जग समेत भएकोले उक्त दिवस लुम्बिनीमा मनाउन लागेको… पुरा पढौ