
दीननाथ बराल,
पोखरा ७, असार,
गोर्खाको शहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को लागि ६० करोड ७ लाख ४४ हजारको बजेट प्रस्तुतः गरेको छ । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले शुक्रबार गाउँसभाको १५ औं बैठकमा आउदो बर्षको लागि उक्त बजेट प्रस्तुतः गर्नु भएको हो ।

उक्त बजेट चालु आर्थिक बर्ष भन्दा ६.२ प्रतिशत कम विनियोजन भएको उहाँले जनाउनु भयो । चालु तर्फ ७५.८६ र पूँजीगत तर्फ २४.१३ प्रतिशत रकम विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । २.६ प्रतिशत रकम आर्थिक विकास क्षेत्रमा ११.४ प्रतिशत रकम सामाजिक विकास क्षेत्रमा १९ प्रतिशत रकम पूर्वाधार विकास क्षेत्रमा २ प्रतिशत सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र वन वातावरण तथा विपद् व्यवस्थापन समेत), कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च(तलव भत्ता समेत) १८ प्रतिशत, ससर्त र विशेष अनुदान अन्तर्गतका योजना कार्यान्वयनका लागि ४६.२२ प्रतिशत रकम विनियोजन गरिएको उपाध्यक्ष तिवारीले जनाउनु भयो ।

अन्तरिक श्रोतबाट २ करोड ३५ लाख ३० हजार रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर, अन्तः शूल्क, विद्युत रोयल्टी लगायतका शिर्षकहरुमा रु १० करोड १० लाख ९९ हजार ९ सय ९९, संघीय समानिकरण अनुदानबाट रु १४ करोड २४ लाख, संघीय ससर्त अनुदान चालु रु २४ करोड ६ लाख, सर्सत अनुदान पूँजीगत रु ६४ लाख, विशेष अनुदान रु ३ करोड गरी संघीय सरकारबाट रु.५२ करोड ४ लाख ९९ हजार ९ सय ९९ प्राप्त हुने अनुमान रहेको बजेटमा उल्लेख छ ।
गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत रु ७८ लाख ३६ हजार, प्रदेश समानीकरण अनुदान तर्फ रु. २ करोड ४ लाख ७९ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत रु ४० लाख, प्रेदश समपुरक अनुदान चालुमा रु. ६० हजार गरी प्रदेशबाट रु ३ करोड ८३ लाख १५ हजार रहेको छ । त्यसै गरी गाउँपालिकाको मुख्य प्रशासकीय भवनको सम्पन्नताका लागि रु १ करोड ७५ लाख विनियोजन गरिएको छ । नाम्जुङ्ग घैरुङ्ग ताक्लुङ्ग मनकामना ढाँडबारी रामशाहघाट आँबुखैरेनी सडक खण्डको नाम्जुङ्ग देखि खगी दार्चे खण्ड कालोपत्रेको अन्तिम चरण छ । उक्त कालोपत्रेको निरन्तरता तथा खगी मोड ढलानका लागि रु ३ करोड विनियोजन गरिएको छ ।
वडाहरुमा खानेपानी निर्माणका लागि रु ४४. लाख, ८ गाउँपालिकाको शिक्षा क्षेत्रको विकास गर्न र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न रु ३ करोड ९ लाख ८० हजार विनियोजन गरिएको छ । पशु सेवा विकासका लागि रु ३० लाख, गाउँपालिकामा कृषि प्रवद्धन गरी आर्थिक विकासमा टेवा पुयाउनका लागि कृषिमा रु ४६ लाख ४० हजार विनियोजन गरिएको उपाध्यक्ष तिवारीले उल्लेख गर्नु भयो ।
स्वास्थ्य चौकीमा नियमित रुपमा गर्भ जाच गरी स्वास्थ्य चौकीमा नै सुरक्षित रुपमा सुत्केरी हुने महिलाहरुलाई सुत्केरी प्रोत्साहन भत्ता वितरण कार्यक्रमलाई निरन्तरता प्रदान, स्वास्थ्य क्षेत्रको सुधार तथा विकासका लागि रु १ करोड ७६ लाख रुपैया बजेट विनियोजन गरिएको उहाँले जनाउनु भयो . उक्त बजेटले गाउँपालिकाभित्रका न्यून विद्यार्थी भएका विद्यालयहरुलाई मर्ज गर्दै लैजाने र आवश्यकता बमोजिम आवासीय विद्यालय बनाउन बजेट विनियोजन गरिएको छ । त्यस्तै कृषि विकास तर्फ कोदो, मकै र बेसर जस्ता खाद्यन्न बालीको बिउ विजन उत्पादन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने नीति लिइएको छ ।
रसायनिक मलको विकल्पमा प्राङ्गारिक मलको उत्पादन गरी क्रमशः विषादीमूल गाउँपालिका बनाउदै लाने, गाउँपालिका स्तरीय अस्पतालमा डाक्टरको व्यवस्थापन तथा अपाङ्ग भएका व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गर्ने, गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने लगायतका योजनाहरु अघि सारेको अध्यक्ष रमेश बाबु थापा मगरले बताउनु भयो । देशमा आर्थिक मन्दिरको प्रभावले राजश्व संकलनमा कमी आएसंगै यस बर्ष बजेट कम आएको उहाँले जनाउनु भयो ।
पालिकादेखि गोर्खा सदरमुकामसम्म पिच सडक निर्माण कार्यलाई हाल तिव्रदा दिएको शहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले जनाउनु भयो ।
पालिकाबाट विस्थापित युवालाई कसरी टिकाउन सकिन्छ त्यसको बारेमा बजेटले युवा लक्षित कार्यक्रम राखिएको उहाँले बताउनु भयो । यही असार १० गते भित्र बजेट ल्याउनुपर्ने कानूनि प्राबधान अनुसार शहिद लखन गाउँपालिकाले केही दिन अघि नै बजेट ल्याएको सूचना अधिकारी पूर्णबहादुर गहतराजले पोखराक्लिकलाई बताउनु भयो ।