पोखरा १३ लाई हेमजा भेट्रान्स कपको उपाधि

-


     पोखरा क्लिक     
     असार ७ गते २०८१ मा प्रकाशित


असार, ७ हेमजा

हेमजा भेट्रान्स कपको उपाधि पोखरा १३ ले हात पारेको छ । शुक्रवार भएको फाईनल खेलमा वडा न १३ ले १२ लाई ३–० गोल अन्तरले पराजित गदै बिजेत बन्यो । खोलको ७ औं मिनेटमा नरेन्द्रजगं गुरुङले पहिलो गरे । साथै राजकुमार गुरुङले खेलको ६२ र ६६ औं मिनेटमा गरि थप २ गोल गर्न सफल भए । वडा न।१२ ले उप–विजेतामा नै चित्त बुझायो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार ११ र उप–बिजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । साथै वडा न १२ का नितेस क्षेष्ठ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हदै नगद रु ५००० साथमा ट्रफी प्राप्त गरे । वडा न।१३ का राजकुमार गुरुङ सर्वाधिक गोलकर्ता, खम बहादुर गुरुङ उत्कृष्ट गोलरक्षक ,अमित परियार वेष्ट डिफेन्डर, बिजय कुमार वेष्ट मिडफिलड, नेरेन्द्रजगं गुरुङ बेष्ट फरवार्ड धोषित हुदै प्रत्यक विधामा नगद रु २००० साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा पोखरा महानगरपालिका १३ वटा वडाका १४ टिमको सहभागिता रहेको थियो ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ शुक्रवार दर्शकको उल्लेखेनिय उपस्थितिका साथ सम्पन्न भयो ।



This will close in 20 seconds