माउन्ट अन्नपूर्ण मा.वि. नदीपुरमा ओलम्पिक दिवसको अवसरमा आयोजित बास्केटबल खेल सम्पन्न

-


     पोखरा क्लिक     
     असार ९ गते २०८१ मा प्रकाशित


विश्व ओलम्पिक दिवस २०२४ को अवसरमा पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.ले बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना गरी मनाएको छ । वि.सं २०८० सालमा एस.इ.इ. दिएर बसेका विद्यार्थीहरूको समयलाई सदुपयोग गर्ने उद्देश्यले तीन दिने विविध कार्यव्रmमहरूको आयोजना गरिएको कार्यव्रmम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले बताउनु भयो ।

असार ६ गते सम्पन्न भएको उक्त बक्Œाृत्वला प्रतियोगितमा कुल २२ विद्यालयमा छात्रा ३२ र छात्र १२ गरी जम्मा ४४ विद्यार्थीहरू सहभागी भएका थिए । बर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकमा दुबै निबन्ध तथा बक्Œाृत्वकला प्रतियोगितामा गण्डकी बोडिङ् स्कुलका छात्र प्रसुन आधिकारी , गण्डकी बोडिङ् स्कुलकै छात्रा समता थापा, बालविद्या स्कुलका छात्रा अर्चना सि.के र शान्ति निकेतन मा.वि.का आदिती पराजुली, यसैगरी निवन्ध प्रतियोगितमा डिज्निल्याण्ड एकेडेमीका छात्रा स्मृति लम्साल, बालप्रभात बोडिङ् स्कुलका छात्र सतिस अर्याल, माउन्ट अन्नपूर्ण मा.वि. का छात्र एन्जेल पाण्डे र अल्फा बोडिङ् स्कुलका छात्र रिदम थापा व्रmमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल हुनु भयो ।

कार्यव्रmम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले प्रतियोगिताको विषय वारे जानकारी गराउँदै सबैलाई स्वागत गर्नु भएको थियो भने बिजेता प्रतियोगीहरूलाई दुवै विद्या तर्फ व्रmमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई व्रmमश नगद रू.७, ५, ३ र १ हजार सहिद पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी विद्यालयले असार ७, ८ र ९ गरी ३ दिने बास्केटबल प्रतियोगिता सञ्चालन गरेको थियो जसमा छात्र तर्फ २६ र छात्र तर्फ ६ गरी जम्मा ३२ टिमको सहभागी रहेको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताउनु भयो । बास्केटबल प्रतियोगितामा छात्रा तर्फ पात्ले खेत, के.बि.ऐ.(बि), एस.वाई.सि. व्रmमश प्रथम, द्धितीय, तृतीय स्थान हासिल गर्न सफल भएका थिए भने छात्रा तर्फ माउन्ट अन्नपूर्ण मा.वि.(बि), मर्दिखोला(ऐ), मर्दिखोला(बि) व्रmमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

उक्त प्रतियोगितामा छात्र तर्फको सर्वोत्कृष्ट खेलाडी टिम पात्लेखेतका प्रशान्त पाईजा र हाई स्कोरको उपाधी टिम के.बि.ऐ.(बि) का अनमोल श्रेष्ठले हात पार्न सफल हुनु भयो । त्यसैगरी छात्रा तर्फको सर्वोत्कृष्ट खेलाडी टिम माउन्ट अन्न्पूर्ण मा.वि.का. मुस्कान गुरूङ र हाई स्कोरको उपाधी टिम मर्दिखोला(ऐं) का सजिना गुरूङे हात पार्न सफल हुनु भयो । बास्केटबल छात्र तर्फ व्रmमशः प्रथम, द्धितीय, तृतीयलाई नगद रू २०, १० र ५ हजारको साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने बास्केटबल छात्रा तर्फ व्रmमशः प्रथम, द्धितीय, तृतीयलाई नगद रू ९, ६ र ३ हजारको साथमा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
माउन्ट अन्नपूर्ण मा.वि. का प्राचार्य सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यव्रmममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम विद्यालयमा निर्देशक तेज बहादुर गुरूङ्ले अन्तराष्ट्रिय दिवसको उपलक्ष्यमा विद्यालयले गरेको रचनात्मक कार्यप्रति प्रशंसा गर्दैे विद्यालय तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिनु भयो ।