खेलकुद

एसिया कपमा इजिप्टका इस्माइल र महिला तर्फ इजरायलकी इडालाई उपाधि, राष्ट्रिय तर्फ विपिन र पुष्पाले जित्नु भयो

दीननाथ बराल,पोखरा १५, वैशाख, इजिप्टका सिफेल्डिन इस्माइल र महिलातर्फ इजरायलकी इडा हेनसदोतिरले पोखरामा शनिबार सम्पन्न भएको ७ औं संस्करणको एसिया कप ट्रायथलन प्रतियोगिताको उपाधि जित्नु भएको छ । पोखराको फेवातालमा भएको ७ सय ५० मिटर पौडी, लेकसाइडको गौरीघाट देखि पार्दीसम्म भएको २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड को निर्धारित दुरी इस्माइलले ५६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि जित्न सफल हुनु भएको हो । त्यसै गरी निर्धारित दुरी ५७ मिनेट २० सेकेण्डमा पार गर्दै अष्ट्रेलियाका ब्रुकलिन हेनरी दोश्रो र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । ‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने । अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि… पुरा पढौ

पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गर्यो । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा सुसिला दिमदुङको अभिजित १० रनको मद्धतमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । प्रत्युत्तरमा भद्रकालिको पारी ७८ रनमा समेटियो । उसले १३.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो । भद्रकालिलाई… पुरा पढौ

बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी

दीननाथ बराल, पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो । नारायणगंज क्लबको जितमा मेदी हसन(तोपु) ले ४ गोल र जाकीर हुसेनले एक गोल गर्नु भएको थियो । संघको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गर्नु भयो । पहिलो हापमा दुबै तर्फ… पुरा पढौ

बङ्गलादेशको नारायणगंज क्लबलाई पोखरामा स्वागत, शनिबार बिहान पोखरा रंगशालामा मैत्रिपूर्ण फुटवल खेल हुने

दीननाथ बराल,पोखरा १४, वैशाख, फोटो पत्रकार सहित बङ्गलादेशको नारायणगंज क्लबका पदाधिकारीलाई पोखरामा स्वागत गरिएको छ । पोखरा रंगशालामा शनिबार बिहान ७ः०० बजे पछि हुने मैत्रिपूर्ण फुटवल खेल्न आएको टोलीलाई आज(शुक्रबार) बेलुका पोखरामा स्वागत गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन… पुरा पढौ

पोखरामा भोलि हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने

दीननाथ बराल,पोखरा १४, वैशाख, पोखरामा भोलि (शनिबार) हुने एसिया ट्रायथलन कपमा नेपाल सहित १५ देशका ६२ जना सहभागि हुने भएका छन् । पर्यटनको राजधानि पोखरामा शनिबार विहान ७ः०० बजे देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा महिला तर्फ २४ जना र पुरुष तर्फ भने ३८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको नेपाल ट्रायथलन संघका उपाध्यक्ष सुमन देवकोटाले बताउनु भयो । प्रतियोगितामा नेपालका भने ९ जना खेलाडीहरुले सहभागि हुने… पुरा पढौ

विष्णुपादुकामा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना

पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजतवर्षको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो । विद्यालयका माध्यमिक तह इन्चार्ज गणेशबहादुर थापाले बढ्दो उमेरका भाइबहिनीलाई समाज र संगतले लागूपदार्थसँग आकर्षित गर्ने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा नौलो घुम्ती नेपाल लागूपदार्थ परामर्श तथा पुनस्र्थापना केन्द्रका सहजकर्ता लक्ष्मण पन्त र सहजकर्तामा रूपेश थापा रहेका थिए ।पन्तले निर्धारित समयमा… पुरा पढौ

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

दीननाथ बराल,पोखरा १३, वैशाख, खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । DCIM\100GOPRO\G0015641.JPG पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै… पुरा पढौ

वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुदै ः

पोखरा महानगरपालिका वडा नं. ७ मा वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता हुने भएको हो । पोखरा ७ का सम्पुर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घीका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २२ वर्ष मुनिको र ५० वर्ष माथिको गरि… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

पोखरा १३ बैशाख, आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ