पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

-


     पोखरा क्लिक     
     जेठ ३२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३२, जेठ,

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो“ बसपार्क धेरै राजनीतिक दलहरुको मुख्य एजेण्डामा विगतका बर्ष देखि पर्दै आयो यद्यपी हालसम्म यसको कुनै काम अघि बढेको छैन, अब पनि यसलाई राजनीतिक मुद्धा मात्र बनाउन हुदैन, यसको अब केही न केही देखिने गरी काम गर्नुपर्छ यसमा सबैको साथ र सहयोग भएमा हामीले यसको अभियान सुरु गछौं ।” बसपार्क बनाउने विषयमा राजनीतिक दलहरुबीच खिचातानी भइरहँदा स्थानीय गौरवको आयोजनाले मूर्तरुप लिन नसकेको उहाँको दाबी थियो ।

उक्त बिद्यालय बसपार्क क्षेत्र भित्र पर्ने भएकोले बसपार्क बनाउने अभियानले गर्दा बिद्यालयलाई उचित स्थानमा स्थान्तरण सहित भौतिक संरचना निर्माणमा राज्यले बिषेश ध्यान दिने मन्त्री थापाले बताउनु भयो । प्रदेश सरकारले भोलि असार १ गते आउदो बर्षको लागि बजेट ल्याउने तयारी गरेको उल्लेख गर्दै सामुदायिक बिद्यालयहरुको लागि सरकार सकरात्मक भएको उल्लेख गर्नु भयो ।

२०३२ साल तिर करिब २ सय ५ रोपनी क्षेत्रफल रहेको पोखरो ९ पृथ्बीचोक बसपार्क क्षेत्रको जग्गा हाल खुम्चिदै ८१ रोपनीमा कायम भएको छ । त्यसै गरी लामेआहालमा करिब २ सय ७३ रोपनी क्षेत्रफलमा फैलिएको क्षेत्रमा क्षेत्रिय बस पार्क बनाउने अवधारणा र यसको चर्चा चले पनि यसले मुर्त रुप नपाउदा पोखरा काठमाण्डौं, पोखरा बागलुङ, पोखरा लुम्बिनी, पोखरा चितवन लगायतका क्षेत्रमा चल्ने सबहरुको पोखरामा व्यबस्थापन गर्न पार्कीङ समस्या भई रहेको छ ।

पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहारा बाल बिद्यालयलाई अब नमुना बिद्यालयको रुपमा स्थापित गर्ने बताउनु भयो । वडाले शिक्षा, स्वास्थ्यमा बिषेश प्रथामिकता दिने योजना रहेको उहाँले उल्लेख गर्नु भयो । सितलदेवि मावि बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष टिका कार्कीले आर्थिक अबस्थामा कमजोर भएका सामुदायिक बिद्यालयमा सरकारले नियमित आम्दानी हुने वातावरण मिलाउन आग्रह गर्नु भयो ।

याक यती याक वेलायतका प्रोपाइटर समाजसेवी शेरा गुरुङले बिद्यालयका छात्र तथा छात्राको लागि २ सय थान ट्याक सुट र टिसर्ट सहयोग गर्नु भएको छ । उहाँले उपलब्ध गराएको उक्त सहयोग उहाँका दाई भूपाल गुरुङले बिद्यालयलाई हस्तान्तरण गर्नु भएको बिद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले बताउनु भयो । त्यसै गरी उक्त अवसरमा चिल्ड्रेन नेपालले ४५ जना छात्र तथा छात्रालाई ट्याकसुट र बिद्यालय पोशाक सहयोग हस्तान्तरण गरेको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले बताउनु भयो । बिद्यालयमा २ सय ७० जना बिद्यार्थीहरु रहेको शिक्षक सुदिप कोइरालाले बताउनु भयो । बिद्यालयमा विगत लामो समय देखि चिल्ड्रेन नेपालले सहयोग गर्दै आएको चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बताउनु भयो । उक्त अवसरमा बिद्यालयका संस्थापक गोपाल गुरुङलाई सम्मान गरिएको थियो । उहाँलाई दोसल्ला र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।