गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीको वर्चश्व

-


     पोखरा क्लिक     
     असार १८ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा १८, असार,

गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका खेलाडीहरुको वर्चश्व रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा सोमबार बेलुका पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा कास्कीकै अधिकांश खेलाडीहरुको वर्चश्व रहेको हो ।

राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ४ मध्य ३ जना कास्कीका खेलाडी छनौट हुनु भएको छ भने महिला तर्फ गोर्खाकी कृष्णा थापालाई प्रारम्भिक छनौट छरणमा सिधै छनौट गरिएको छ भने अन्यलाई छनौट प्रतियोगिताबाट छनौट गरिएको संघले जनाएको छ । महिला तर्फ कास्कीकै ३ जना खेलाडी छनौट हुनु भएको छ ।

पुरुष तर्फको उक्त प्रतियोगितामा कास्कीका श्रेष्ठले ७ अंक सहित प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । प्रतियोगितामा नवलपुरका कासीराम भण्डारीलाई ६ अंकका साथ दोश्रो हुँदा कास्कीका राजु श्रेष्ठ तेश्रो हुनु भयो । राजुले ५ अंक ल्याउदा कास्कीकै नवराज श्रेष्ठले ४ अंक ल्याउदै शान्त्वना हुनु भएको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष तर्फ १२ जना खेलाडी सहभागि हुनु भएकोे गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जितले बताउनु भयो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले पदक सहित जनही नगद रु ५, ३ र २ हजार प्राप्त गर्नु भएको छ ।

त्यसै गरी महिला तर्फ प्रारम्भिक खेलाडीहरुको छनौट समेत गरिएको छ । छनौट हुने खेलाडीहरुमा गोर्खाकी कृष्णा थापा, कास्कीकी समिक्षा ठकुरी, कास्कीकी सृष्टिका उदास र कास्कीकै निस्ता श्रेष्ठ रहनु भएको छ । प्रतियोगितामा बिजेयी खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, गण्डकी प्रदेश निती तथा योजना आयोगका निर्वतमान उपाध्यक्ष डा.श्रीकान्त खतिवडा, गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जित, महसचिब कमल बहादुर बस्नते, जिल्ला स्क्वास संघका अध्यक्ष प्रविन पालिखे, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार लगायतले पुरस्कार वितरण गर्नु भएको हो ।

दशौं राष्ट्रिय खेलकुदका लागि प्रारम्भिक छनौट प्रतियोगिता समेत रहेको उक्त छनौट प्रतियोगिताबाट पहिलो चरणमा पुरुष तथा महिला तर्फका ४÷४ जना खेलाडीहरु छनौट हुनु भएको संघ प्रदेशका अध्यक्ष रञ्जितले जनाउनु भयो ।