शनिबार प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता पोखरामा हुने

-


     पोखरा क्लिक     
     असार २१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २१, असार,

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार (भोलि) पोखरामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ एवं मिस्टर गण्डकी च्याम्पियन हुने भएको छ । पोखरा १२ मा रहेको एस.आर. के.सी.बेन्क्वेटमा विभिन्न ५ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले बताए ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० तौल समुह माथिको विधामा प्रतिष्प्रर्धा हुने भएको उनले जनाए । ५ विधाका विजेताहरु बिच प्रतिष्प्रर्धा भई ए जना बिजेता भने मिस्टर गण्डकीको उपाधि सहित २५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ । अन्य विधाका खेलाडीहरुले विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले भने ७ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका हुन् । उक्त प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदको लागि प्रारम्भिक छनौट प्रतियोगिता समेत रहेको परिषदले जनाएको छ ।