खेलकुद

पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान संचालन गर्न माग

दीननाथ बराल,पोखरा १३, वैशाख, खेलकुदको शहर पोखरामा प्याराग्लाईडिङको सोलो (एकल) उडान पुनः संचालन गर्न पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पर्यटनको राजधानि पोखरामा सहासिक खेलको हव भएको अबस्थामा विगत डेढ बर्ष देखि प्याराग्लाईडिङको सोलो उडान स्थगित हुनुले यस क्षेत्रमा खेल पर्यटनमा ठुलो असर परेकोले तत्काल संचालन गर्न यहाँका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको हो । DCIM\100GOPRO\G0015641.JPG पोखरा र यस क्षेत्रमा प्याराग्लाईडिङको विगत २० बर्ष अघि देखि सोलो उडानबाट सुरु भई यस खेलको प्रि वल्र्ड कप र वल्र्ड कप नै… पुरा पढौ

वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुदै ः

पोखरा महानगरपालिका वडा नं. ७ मा वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि आऔं सँगै दौडौं भन्ने नाराका साथ वैशाख २२ गते शनिबार दौड प्रतियोगिता हुने भएको हो । पोखरा ७ का सम्पुर्ण सामाजिक संघ सस्थालाई जागरुक गराइ सामाजिक जागरण र आपसी एकता वृद्घीका लागि पोखरा ७ स्तरीय दौड प्रतियोगिता मुल आयोजक समिति गठन गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला, २२ वर्ष मुनिको र ५० वर्ष माथिको गरि… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

पोखरा १३ बैशाख, आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ । सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अवार्ड कार्यक्रममा केसी ग्रुपले ५० हजार रुपैयाँ सहयोग गर्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । निर्देशक केसीसँग मञ्चका अध्यक्ष बराल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, मञ्चका महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य रोहितराज पराजुलीले भेट गरेका थिए । अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ

हम्रो बहुउद्देश्यीय सहकारीको रजत जयन्तीको उत्सवको अबसरमा रक्तदान

पोखरा महानगर पालिका वडा नं ८ न्युरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले विहिबार २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा “रक्तदान” कार्यक्रमको आयोजना गर्यो । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको थियो ।कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले पहिलो रक्त दाता तथा शेयर सदस्य पवित्रा मणि भण्डारीलाई बलड ब्याग हस्तारन्तरण गरि सुभारभ्भ गरिएको थियो । प्रमुख अतिथि पौडेलले… पुरा पढौ

पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबार देखि हुने

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५ देखि २१ गते सम्म पोखरा रंगशालामा पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनहार प्रतिभाको खोजी गर्दै सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने… पुरा पढौ

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित

गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहिबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । यस अघि प्रथम… पुरा पढौ

पोखरामा शनिबार देखि एसिया ट्रायथलन कप हुने, पोखराका पर्यटन व्यवसायी उत्साहित

दीननाथ बराल, पोखरा १२, वैशाख, पोखरामा आउँदो शनिबार देखि एसिया ट्रायथलन कप हुने भएसंगै यहाँका पर्यटन व्यवसायीहरु निकै उत्साहित हुनु भएको छ । उक्त खेलले यस क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । धेरै देशका खेलाडीको साथमा उनका आफन्तहरु पोखरा आउनुले पोखरामा खेल संगै पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिमा रहेको बताउदै अध्यक्ष श्रेष्ठले उक्त प्रतियोगितालाई सम्पन्न गर्न परिषदले आवश्यक सहयोग गर्न तयार रहेको जनाउनु भयो । पोखरामा हुने सातौं एसिया ट्रायथलन कप… पुरा पढौ

सहारा एकेडेमीमा १० दिने खेल्छ गण्डकी अभियानमा यू—१४ का ३५ जना वालक सहभागि

सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा “खेल्छ गण्डकी” मार्फत सहारा एकेडेमीमा संचालन भएको १४ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१४) फुटबल आवाशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा १७ दोविल्लास्थित सूर्य बहादुर केसी स्मृति सहारा एकेडेमीमा आयोजित १० दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई बुधबार एक समारोहका बिच सहभागिताको प्रमाण—पत्र वितरण गर्दै समापन गरिएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, सहारा क्लवका मानार्थ सदस्यहरु महेश… पुरा पढौ

सहारा क्लवले यस बर्ष पनि पोखरा स्पोट्र्स अवार्डलाई साथ दिने, क्लवद्धारा ५० हजार सहयोग

पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई यस बर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । सहारा क्लवबाट उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधबार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित उक्त सम्झौता कार्यक्रममा क्लवका अध्यक्ष केशवराज बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष विरभद्र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

पोखरा १०, बैशाख आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सहभागीले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरे । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड… पुरा पढौ