
काठमाण्डौं १९, साउन
भारत माथि महिला भलिवल खेलमा नेपालको ऐतिहासिक जित हासिल गरेको छ । काठमाण्डौंमा जरी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरी ऐतिहासिक जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३—२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक रुपमा जित निकालेको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको बतायन्छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

पहिलो सेट नेपालले २५—१८ मा लिदा दोस्रो सेट भारतले २५—१२ आफ्नो पक्षमा पार्यो भने तेस्रो सेट भने नेपालले भारतलाई २५—१७ ले पाखा लगायो । तर चौथो सेट १८—२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५—१३ ले पराजित गर्यो ।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्ने भएको हो ।