लण्डन म्याराथन दौडेर राजेन्द्रले मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग गर्नुभयो

-


     पोखरा क्लिक     
     श्रावण ४ गते २०८१ मा प्रकाशित


चर्चीत धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गर्नु भएको छ । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गर्नु भएको हो ।

आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाउनु भएको उहाँको परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी सो मार्फत उक्त रकम संकलन गर्नु भएको हो । उक्त दौड उहाँले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गर्नु भएको थियो । रकम दक्षिणकाली नगरपालिका ३ फर्पिङमा निर्माणाधिन मीरा राई ट्रेनिङ सेन्टर तथा आवासका लागि खर्च गरिने भएको छ ।

राजेन्द्रलाई उक्त रकम उहाँकी धर्मपत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके, लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गर्नु भएको । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्व खेलाडी हुनुहुन्छ ।