
दीननाथ बराल,
पोखरा २०, असार,
पोखरा रंगशालामा प्याराग्लाईडिङ पाइलट निस्सिम थापाको शालिक सहित पार्क निर्माण गरिएको छ । पोखरा रंगशाला परिसर भित्रको ओलम्पिक टर्च नजिकै निस्सिम थापा फाउन्डेशनले पार्क निर्माण गरि उक्त स्थानमा खेलाडी थापाकोे शालिक स्थापना गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको समन्वयमा उक्त शालिक सहित पार्क निर्माण गरेको फाउण्डेशनका अध्यक्ष एंव स्व.निस्सिम थापाका बुबा प्रकाश थापाले बताउनु भयो । पार्क निर्माणको लागि करिब ५ लाख र शालिक निर्माणमा १५ लाख लगानी भएको उहाँले
फ्रेब्रिकबाट निर्माण भएको उक्त अर्ध कदको शालिक ८ फिट अग्लो र ५ फिट चौडा आकारमा रहेको उहाँले जनाउनु भयो । शालिक निर्माणमा राखेपको लगानी भए पनि पार्क निर्माणमा फाउण्डेसनले लगानी गरेको हो ।

यसैबिच, एक समारोहका बिच विहिबार उक्त शालिक अनावरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले उक्त शालिकको अनावरण गर्दै निस्सिम थापाले खेलकुद क्षेत्रमा पुर्याएको योगदान स्वरुप रंगशालामा उक्त शालिक सहितको पार्क निर्माण गरिएको बताउनु भयो । प्रतियोगिताको क्रममा दुर्घटनामा परी निधन हुनु भएको उक्त घटनाको बिषयमा अब एक अर्कोलाई दोषारोपण गर्न नहुने उहाँले बताउनु भयो । अब सबैको ध्यान दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हुनु पर्ने बताउदै सदस्य गुरुङले दवौंमा गण्डकीले राखेको साख जोगाउने गरी तयारी गर्न सुझाव दिनु भयो । उक्त शालिक निर्माण गर्नु पुर्व सकैले ध्यान नदिएको तर हाल शालिकको बिषयमा केही बिरोध गर्नु उचित नभएको उहाँको भनाई थियो ।

स्व.थापा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीको टिमबाट प्याराग्लाईडिङको क्रस कन्ट्री तर्फको विधामा सहभागि हुनु भएको थियो । प्रतियोगिताको दोश्रो दीन २०७९ असोज ३० गते खेलको क्रममा उहाँको दुर्घटनामा परि निधन भएको थियो । आफ्नो छोराको लापरवाहीको कारण दुर्घटनामा परी निधन भएको उहाँका बाबु थापाले दाबी गर्दै आउनु भएको छ ।

ओलम्पिक टर्च नजिक र धेरै ठुलो आकारमा शालिक निर्माण भएको बिषयमा केही आलोचना भएको छ भन्ने पत्रकारको प्रश्नमा फाउण्डेसनका अध्यक्ष थापाले राखेपले दिएको शालिक र राखेपको समन्वयमा उक्त स्थानमा शालिक सहितको पार्क निर्माण गरिएको बताउनु भयो । फाउण्डेसनले आगामी दिनमा सामाजिक कार्य संगै खेलाडी सम्मान तथा बिद्यार्थीलाई छात्रबृत्ति समेत प्रदान गरिने कार्यक्रम ल्याउने आफुहरु योजनामा रहेको उहाँले जनाउनु भयो ।
खेलाडी निस्सिम थापाको बारे ..

