
दीननाथ बराल,
पोखरा १७, पुष,
पर्यटनको राजधानि पोखरामा अग्रेंजी नयाँ बर्ष सन २०२५ लाई आतिसबाजि सहित भव्य स्वागत गरिएको छ । पोखरामा संचालन भएको पोखरा सडक महोत्सवको अवसरमा मंगबलार राति १२ः०० बजे पोखरामा आतिसबाजी सहित भव्य स्वागत गरिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो ।
पोखरामा जारी २६ औं संस्करणको सडक महोत्सवको अवसरमा महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षण सहित नयाँ अग्रेंजी बर्ष २०२५ को स्वागतार्थ आतिसबाजी गरिएको उहाँले जनाउनु भयो ।

अघिल्ला बर्ष झै यस बर्ष पनि विधि र प्रकृया पूरा गरी आवश्यक स्थानमा समन्वय गरी उच्च सावधानिका साथ आतिसबाजी गरिएको अध्यक्ष पौडेले जनाउनु भयो । उक्त आतिसबाजी अवलोकनको लागि तथा अगेंजी नयाँ बर्ष सेलिब्रेसनको लागि लाख भन्दा बढी दर्शक एकै समयमा पोखराको लेकसाइड क्षेत्रमा सहभागि भएको सडक महोत्सव संयोजक बिकास भट्टराईले बताउनु भयो ।
गृह मन्त्रालयबाट आवश्यक प्रकृया पूरा गरी कास्की प्रशासनसंगको समन्वयमा पोखराको सडक महोत्सवको अवसरमा आतिसबाजी गर्न अनुमति दिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उल्लेख गर्नु भयो । पोखरा लेकसाइडको ट्राफिक ब्याबस्थापन देखि शान्ति सुरक्षा दिने, आवश्यक स्थानमा सीसी क्यामराको निगरानी समेत गरिएको उहाँले जनाउनु भयो । मंगलबार मध्यरात १२ः०० बजे देखि करिब २ मिनेट जसो र १२ः४० बजे ३० सेकेण्ड आतिसबाजी गरिएको थियो ।
पोखराको लेकसाइडमा बिहान ४ः०० बजेसम्म भिडभाड भएको थियो । लेकसाइडको करिब ४ किलोमिटर क्षेत्रमा विभिन्न प्रकारका खाना सहित विभिन्न कला संस्कृति झल्कने सांस्कृति कार्यक्रम सहित खेलकुदका कार्यक्रम भएको थियो ।
यही पुष १३ गते देखि संचालन भएको महोत्सव आज समापन हुदैछ । अफ्सिजनमा पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आयोजना गरिएको महोत्सवले पोखराको लेकसइड मात्र नभई पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा धेरै सहयोग पुर्याएको अध्यक्ष पौडेलले जनाउनु भयो । पोखरा सडक महोत्सवले पोखराको पर्यटन प्रबद्र्धनमा कोषेढुंगा सावित भएकोले यसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरिएको निवर्तमान अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । महोत्सवमा करिब ४ लाख दर्शक भित्रिएको रेवान पोखराले पोखराक्लिकलाई जनाएको छ ।





