सडक महोत्सवको अवसरमा आयोजित रस्सा कसि प्रतियोगितामा गौरी घाट र ओटेफ विजेता (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १६ गते २०८१ मा प्रकाशित


पोखरा १६, पुष,

रस्साकसि प्रतियोगितामा गौरीघाटको समुह यसपाली पनि प्रथम भएको छ । रेवान पाखराले पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा गौरीघाट बीको समुह प्रथम भएको हो।

गौरीघाट क्षेत्रको सडकमा मंगलबार भएको फाइनल खेलमा थ्रि सिक्स्टिनको समुहलाई पराजित गर्दै उपाधि सहित खसि उपहार प्राप्त गर्यो । प्रतियोगितामा डुंगा व्यवसायीको टोलीले शसस्त्र प्रहरीको टोलीलाई पराजित गर्दै तेश्रो भएको हो । उपविजेताले वोका र तेश्रो हुनेले दुई वटा भाले उपहार प्राप्त गरेको पूर्व अध्यक्ष सुर्यबहादुर भुजेलले बताउनु भयो ।

प्रतियोगितामा विदेशी सहित विभागिय र पोखराका विभिन्न टोलका महिला तथा पुरुषहरु सहभागि भएको महोत्सवसंयोजक विकास भट्टराईले बताउनु भयो । त्यसै गरी महिला तर्फको प्रतिष्प्रर्धामा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) प्रथम भएको छ । फाइनलमा ओटेफले निकै प्रतिष्प्रर्धामा प्रगतीको समुहलाई पराजित गरेको हो।



This will close in 20 seconds