खेलकुद

अन्तराष्ट्रिय बलुन फेष्टिभलको तयारी तिव्र, पोखराको आकाशमा १६ देशका बेलुन पाइलट सहभागि हुदै

दीननाथ बराल, पोखरा २९ कार्तिक, साहसिक खेलकुदको केन्द्र पोखरामा १६ देशका बलुन पाइलटहरु सहभागि हुनुहुने भएको छ । पर्यटनको राजधानि पोखरामा आउँदो पुषको दोश्रो साता आयोजना हुने अन्तराष्ट्रिय बलुन फेष्टिभलमा १६ देशका बलुन पाइलटहरु सहभागि हुने भएको बलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम बाडेले बताउनु भयो । वेलुन नेपाल प्रा.लि.ले पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागेको प्रतियोगितामा अमेरीका, वेलायत, फ्रान्स, जर्मन, स्पेन, अष्ट्रिया, मलेसिया, ब्राजिल, लाओस, कोरिया, लाटभिया लगायतका १६ देशका खेलाडीहरुले उक्त प्रतियोगितामा सहभागिता हुने भएको… पुरा पढौ

सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

पोखरा २८, कार्तिक, सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा पुनः सहयोग गरेका छन् । धर्मपत्नी सरिता सहित सोमबार दोबिल्ला स्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै उनले सहयोग गरेका हुन् । श्रेष्ठ दम्पतीले बालकहरुलाई खाजा, एकेडेमीलाई एक बोरा चामल तथा एउटा स्टिल कप बोर्ड उपलब्ध गराएका हुन् । श्रेष्ठ दम्पतीको नाममा एकेडेमीको एक कक्षलाई हरिकुमार÷सरिता श्रेष्ठ कक्षसमेत नामकरण गरिएको छ । त्यसबेला श्रेष्ठ दम्पतीले ३ लाख उपलब्ध गराएका थिए । साथै एकेडेमीमा सोलार सिस्टम जडान… पुरा पढौ

पोखराको भण्डारढिकमा २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा २६, कार्तिक, आर्दश कप फुटवल प्रतियोगिताले ६ बर्ष पछि मात्र निरन्तरता पाउने भएको छ । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले यस बर्ष आउँदो मंसिरको अन्तिम साता २५ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने तयारी गरेको हो । कोभिड १९ को शंक्रमणले गर्दा प्रभावित भएको उक्त प्रतियोगिता यस बर्ष भने हुने तयारी गरिएको क्लवका अध्यक्ष पदम गुरुङले बताउनु भयो । ंआउँदो मंसिर २२ देखि २९ गतेसम्म ९८ दिन० भण्डारढिक खेल… पुरा पढौ

तेस्रो पोखरा अन्तराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगितामा पोखरा र स्याङजामा धावकलाई भव्य स्वागत, एकल तर्फ चाइनालाई र समुह तर्फ नेपालको वर्चश्व

दीननाथ बराल,पोखरा २४, कार्तिक, पर्यटकीय नगरी पोखरामा शनिबार सम्पन्न भएको तेस्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा एकल तर्फ चाइनिज धावकहरुले उपाधि जित्न सफल हुँदा समुह तर्फ भने नेपालका धावकले वर्चश्व कायम गर्न सफल भए । पोखराको बाराहीघाट खेल मैदानबाट सुरु भएको ५० किलोमिटर दौडमा एकल तर्फ चाइनाका पुरुष तर्फका खेलाडी एङ ज्याङ जेन र महिला तर्फ झेङ वाङ रोङले उपाधि जित्दा समुह तर्फ (मिश्रित) ५० किलोमिटरको दूरीमा ट्रेल रनिंग, साइकलिङ र रोइङ (बोटिङ) तर्फ नेपाली सेनाको समुहले… पुरा पढौ

व्यवसायीद्वारा तत्काल अन्तर्राष्ट्रिय उडानको माग

पोखरा, २४ कात्तिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि… पुरा पढौ

६४ जना चाइनिज धावक सहित १२५३ जना धावक शनिबार पोखरामा हुने क्रस कन्ट्री दौडमा सहभागि हुने

पोखरा २३, कार्तिक पर्यटनको राजधानी पोखरामा भाृलि(शनिबार) हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता २०८१ को अन्तिम तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चार वटा विधामा हुने प्रतियोगिताको अन्तिम तयारी भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले बताउनु भयो । प्रतियोगिता बिहान साढे ७ः३० बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद,… पुरा पढौ

पुम्दी भुम्दीमा पर्यटकको बसाई लम्बाउन पदमार्ग निर्माण,

पोखरा २३, कार्तिक ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीको टोलीले पर्यटन पदमार्गलाई व्यवस्थित गर्दै पर्यटकहरुको बसाइलाई लम्ब्याउने उद्देश्यले ताल पारिको अनदु गाउँ र फेवाताल शान्ति स्तुपा पदमार्गको अवलोकन गरेको छ । पुरानो गारेटो बाटो रहेको यस बाटो पर्यटकीय हिसावले पदयात्राको लागि उपयुक्त पदमार्ग भएकोले उक्त पदमार्गको अवलाकेन गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो । यस बाटो पछिल्लो समय सडक विस्तारले हराउँदै गएको अवस्थामा यसको स्तरोन्नति गरि पर्यटकको बसाइ लम्व्याई सकिने विश्वास सहित यसका अवसर, सम्भावना र… पुरा पढौ

चिनियाँ राजदूत छन सोङ द क्लिफमा

पोखरा २३, कार्तिक, नेपालका लागि‌ चिनियाँ राजदूत छन सोङले द क्लिफ नेपालको अवलोकन भ्रमण गरेका छन् । राजदूत छनसहितको टोलीले शुक्रबार साहसिक पर्यटनको हब क्लिफ पुगेको कम्पनीका अध्यक्ष राजु कार्कीले जनाए । क्लिफको अवलोकन पश्चात राजदूत छनले क्लिफका साहसिक गतिविधिमा रमाउन मन भएपनि समयका कारण सम्भव नभएको बताए । त्यसका लागि अर्को पटक क्लिफ आउने उनको भनाइ छ । राजदूत छनसहितको टोलीको भ्रमणले कम्पनी र कर्मचारीलाई नयाँ ऊर्जा मिलेको अध्यक्ष कार्कीको भनाइ छ ‌। भ्रमणमा गण्डकी प्रदेशका पूर्वपर्यटन मन्त्री विकास… पुरा पढौ

पोखरा एभेन्जरर्सको पोखरामा ¥याली प्रर्दशन, क्रिकेट खेललाई उद्योगको रुपमा विकास गछौं अध्यक्ष त्रिपाठी (डिभियो) सहित

दीननाथ बराल, पोखरा २२, कार्तिक, नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको साथ र सहयोगको अपेक्षा सहित विहिबार पोखरामा अग्रिम रुपमा पोखरामा ¥याली प्रर्दशन गरिएको हो । क्रिकेट खेलको प्रबद्र्धन गर्न पोखरा एभेन्जर्सले पोखरामा ¥याली प्रर्दशन गरेको हो । दक्षिण अफ्रिकाका चर्चीत (लेजेन्ड) खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहाकार परामर्शदाता जोन्टी रोड्स सहित सहभागि र्यालीमा पोखरेली क्रिकेट प्रेमीहरुहरुको सहभागिता रहेको थियो । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले पोखरामा आयोजना भएको र्यालीले आफुहरुलाई हौसला मिलेको बताउनु भयो… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा

दीननाथ बराल, पोखरा २२, कार्तिक, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यस बर्ष चाइनबाट पहिलो चाटर्ड फ्लाइट मार्फत १२० जना यात्रु पोखरामा अवतरण गर्नु भएको छ । यस बर्षको पहिलो चाटर्ड फ्लाईट एयरबस ३१९ नम्बरको विमान चाइनाको कुनमिङ शहरबाट आज (विहिबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले जनानकारी गराउनु भयो । उहाँका अनुसार आज दिउँसो २ः०० बजे पोखरामा अवतरण गरेको उक्त विमान ३ः४० बजे रित्तै काठमाण्डौं तर्फ प्रस्थान गरेको उहाँले जनाउनु भयो । पुर्व सुचित समय तालिका… पुरा पढौ