पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव जारी, २ हजार शुल्क मै वेलुनमा उडान हुने

-


     पोखरा क्लिक     
     पौष १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १५, पुष,


पर्यटनको राजधानि पोखरामा बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव २०८१ जारी रहेको छ । पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रा.लि. को संयुक्त आयोजनामा पोखराको फेवाफाँट तथा लौरुक क्षेत्रमा जारी उक्त महोत्सवमा २ हजार शुल्कमै वेलुन उड्न पाइने भएको हो ।

फेवाफाँटमा हुने वेलुन उडानको न्यूनतम ८ देखि १० मिनेट वेलुनमा उडान गरेको प्रति व्यक्ति २ हजार रुपैया शुल्क लिने गरेको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम वाडेले पोखराक्लिकलाई बताउनु भयो । उक्त महोत्सवको वेलुन उडान मुख्य आकर्षणको रुपमा रहेको बताउदै उहाँले बिहान लौरुकबाट करिब ३० देखि ४० मिनेट उडान गरेको ११ हजार शुल्क लाग्ने भए पनि दिउँसो देखि साँझ सम्म फेवाफाँटमा उक्त सस्तो प्याकेजमा धेरै पर्यटकहरुलाई वेलुनमा उडेको मनोरन्जन दिन उक्त प्याकेज ल्याएको जनाउनु भयो ।

पोखराको आकाशमा १५ देशका एकै पटकमा १७ वटा हर्ट एयर बेलुन यही पुष ९ गते देखि उड्न सुरु भएको छ ।
यही पुष १७ गतेसम्म संचालन हुने महोत्सवमा हालसम्म करिब ५ हजार जनाले वेलुनमा उडेको प्रा.लि.ले जनाएको छ । फेवाफाँटमा भने विभिन्न खानाका स्टल सहितको सहुलियत मुल्यमा वेलुन उडान तथा सांस्कृतिक कार्यक्रम प्रर्दशन भएको कार्यक्रम संयोजक सविन मर्हजनले बताउनु भयो । अन्तराष्ट्रिय बेलुन महोत्सवले पोखराको साहसिक खेलकुदको केन्द्र बनाउन एउटा इट्टा थप्ने उहाँले बताउनु भयो ।

पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा नेपाल सहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि हुने भएको आयोजकले जनाएको छ । नेपालमा पहिलो पटक आयोजना भएको उक्त महोत्सवको स्थानिय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुदै छ भने बिहानको बेलुन उडान लौरुकबाट हुदैछ ।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुदै छ । महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडानः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र वर्ज योगीनी लगायतका कार्यकम प्रस्तुतः भई रहेको छ । बि. वाई.डी. को मुख्यः प्रायोजनमा हुने महोत्वसलाई सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उघोग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रबर्द्धकमा रहेका छन ।



This will close in 20 seconds