खेलकुद

लामाचौर महोत्सवःअन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम

पोखरा, २१ भदौ, तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’… पुरा पढौ

लामाचौर कप भलिबलको महिला तर्फको उपाधि एपिएफलाई, पुरुष तर्फको फाइनल खेल स्थगित

पोखरा, २१ भदौ, लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड युुथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि चुुमेको हो । पहिलो सेट २५–२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५–२३ कै जित हासिल ग¥यो तर, तेस्रो सेटमा भने निकै पछि प¥यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि… पुरा पढौ

प्रथम अन्तर क्लव ह्याण्डवलको उपाधी टिम मनकामनालाई

पोखरा २० भदौ, पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टिम मनकामनाले उचालेको छ।ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल बस्नेतले जानकारी दिए। त्यस्तै हाईजेष्ट स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ पोउवासंघ महाधिवेशनः १६ बुँदे प्रतिबद्धतासहित अर्जुन पोखरेल प्यानल व्यवसायीको घरदैलोमा पोखराः पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् । पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ । पोखरा… पुरा पढौ

लामाचौर कप भलिबल फाइनल ः एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा २०, भदौ, महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् । पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो । फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबलको सामना गर्ने भएको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा… पुरा पढौ

पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान, आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन मेयर आचार्यको आग्रह

पोखरा २० भदौ, पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्राडा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र व.वानियाँ, डा अर्जुन वानियाँ, प्राडा धुर्व व. कार्की,डा श्रीराम आचार्य,डा निशा वराल, डा सुरेश पौडेल, डा प्रज्ञा गौतम,डा उत्तम थापा,डा विदुर देवकोटा,डा गौतम गुरुङ,डा… पुरा पढौ

लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता जारी, बुधबार तीन खेल सम्पन्न

पोखरा १९, भदौ, पोखरा लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज ९नाकोड्स० को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ । महिलातर्फ टिपटप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव ९लाइट प्रोटेस्ट०… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु, ह्याण्डवलका अन्तर्राष्टिय खेलाडी वस्नेत सम्मानित

पोखरा १९ भदौं, पोखरा १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तिज मेला शुरु भएको छ । वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा हुने मेलाको वुधवार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै मन्त्री थापाले साँस्कृतिक मेला महोत्सवले स्थानिय पहिचानलाई विश्वमाझ पुर्याउने वताए । उनले पोखराको वाटुलेचौर प्राचिन मेला स्थलको रुपमा रहेको वताउँदै, यसको संरक्षण विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए… पुरा पढौ

युनाइटेडको अध्यक्षमा लोक बा. थापा

पोखरा १९, भदौं, युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा,… पुरा पढौ

२६ औं लामाचौर तीज महोत्सव सुरु

पोखरा, १९ भदौ, नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान् पर्व हरितालिका तीज अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो । ३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे । उनले यसप्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने विश्वास लिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको… पुरा पढौ