बगर भाईखलकको अध्यक्षमा ईश्वरमान गुरुङ

-


     पोखरा क्लिक     
     मंसिर २३ गते २०८१ मा प्रकाशित


पोखरा २३, मंसिर,

पोखराको प्रतिष्ठित बगर भाईखलकको सातौं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले ईश्वरमान गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बगर भाईखलकको हालै पोखरामा सम्पन्न भएको अधिवेसनले गुरुङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा यम बहादुर गुरुङ, महासचिवमा मानकाजी गुरुङ, सचिवमा गणेश सेन्चुरी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ओमकार गिरी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा विजया गुरुङ, धनकुमार गुरुङ (सन्तोष), ईश्वर गुरुङ (चन्द्र), राज कुमार गुरुङ, अमित गुरुङ, देवी गुरुङ, क्याप्टेन जुमकाजी गुरुङ, भीष्म गुरुङ र राजेश गुरुङ (राजु) रहनु भएको छ । निर्वाचन अधिकृत नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट तथा सदस्यद्धय महेश गुरुङ र दिनेश कुमार श्रेष्ठले शनिबार सपथ ग्रहण गराउनु भएको थियो ।

यस अघि पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले कार्यक्रमको उद्घाटन गर्दै पोखराको फुटवल सहितको खेल क्षेत्रमा बगर भाईखलकले पुर्याएको योगदानको प्रशंसा गर्नु भयो । संस्थाका अध्यक्ष दील बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार तेज बहादुर गुरुङ, भुपु खेलाडी मञ्चका संस्थापक खड्का बहादुर रानाभाट, सहारा यूकेका मानार्थ सदस्य महेश गुरुङ, भानुभक्त अधिकारी लगायतले खेलकुदको बारेमा चर्चा गर्नु भएको थियो ।