खेलकुद

पल्सर स्पोर्ट्स अवार्डको उपाधि क्रिकेटका पौडेल र महिला तर्फ कराँतेकी गुरुङलाई

काठमाडौँ २८, भदौ, कराँतेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज (शुक्रबार) आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औँ एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन् । पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दिपेन्द्रसिंह ऐरी,… पुरा पढौ

पोखरामा विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा,भदौ २८, पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ । खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान सँगै लगानी सम्मेलन गर्नुछ ः कार्की

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्र्याउन आवश्यक रहेको धारणा राखे । पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि… पुरा पढौ

२३ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा हाल सम्मकै धेरै घाटा

दीननाथ बरालपोखरा २७, भदौ “२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८०” मा हालसम्मकै सबै भन्दा बढी घाटा भएको छ । कोभिडका बेलामा समेत ३ लाख घाटा भएको उक्त पोखरा गोल्ड कपबाट गत बर्ष भने १५ लाख भन्दा बढी घाटा भएको सहारा क्लवले जनाएको छ । गत माघ ८ देखि २० गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट १५ लाख ३८ हजार ४ सय ३६ रूपैया घाटा भएको विहिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रम मार्फत… पुरा पढौ

एआइपिएस एसिया र हानबीच सहकार्य

काठमाडौं, भदौ २७– एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल ९हान० बीच सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआइपिएस एसियाबीच सम्झौता भएको हो । हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको… पुरा पढौ

खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ पोखरामा हुने

पोखरा, २७ भदौ, पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजनामा असोज १२ गते उक्त प्रतियोगिता हुन लागेको हो । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति… पुरा पढौ

नाबाट पत्रकार शर्मा र सुवेदी सम्मानित, अधिवेसन स्थगित

पोखरा २५, भदौं नेपाल हवाई खेलकुद संस्था (ना) बाट परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनलाई मंगलबार पोखरामा सम्मान गरिएको हो । अनलाइनखबर गण्डकी ब्युरो प्रमुख सुवेदी र नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मालाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनिलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् । यसैबिच नाको अधिवेसन भने स्थगित… पुरा पढौ

सहारा क्लवले २६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने, सहारा खेलकुद पुरस्कार शर्मालाई

पोखरा, २५ भदौ, पोखराको सहारा क्लवले आफ्नो स्थापनाको २६ औं बर्ष गाँठमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । क्लवले २६ औं बार्षिकोत्सवको अवसरमा सरसफाई, रक्तदान, पुरस्कार वितरण तथा सम्मान सहितको कार्यक्रम गरी मनाउने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा… पुरा पढौ

हाप्किडो सेमीनार पोखरामा सुरु

पोखरा २५, भदौ, हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न ।… पुरा पढौ

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा

पोखरा २५, भदौ, गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष गुरुङ र सुनिल तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ, कोषाध्यक्षमा विवेक कार्की सर्वसम्मत निर्वाचित भए । त्यसै गरी कार्यसमिति सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेम नारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र… पुरा पढौ