जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ ः दोस्रो दिन रोमाञ्चपूर्ण, नेपाली खेलाडीले बनाए बलियो पकड

-


     पोखरा क्लिक     
     मंसिर २५ गते २०८१ मा प्रकाशित


पोखरा २५, मंसिर,

पोखरामा जारी जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत दोस्रो दिनका खेलहरु समेत निकै रोमाञ्चपूर्ण रुपमा सकिएका छन् । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी रहँदा सहभागि खेलाडीहरुको उत्साहपूर्ण खेलले स्थानिय दर्शक समेत निकै उत्साहित बने ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको ब्वाइज सिंगल्समा प्रणव मानन्धरले भारतका आर्यन कङ्करवाललाई ६–२, ६–२ को सहज जित निकाल्दै राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेका छन् । त्यसै गरी पहिलो पटक आइटिएफ जे३० मा सहभागि रहेका स्पन्दन उदासले भारतका आरुष भल्लासँग ६–१, ६–० को हार व्यहोरे ।

त्यस्तै ब्वाइज डबल्सको रोमाञ्चक खेलमा प्रणव मानन्धर र राजवीर प्रधानको जोडीले भारतका अद्वित तिवारी र वीर मडमलाई ४–६, ६–४, (१०–८) को जित निकाले । घरेलु दर्शकको साथ पाएका नेपाली जोडीले कठिन जितलाई आत्मसाथ गरे भने आयुष्मान हजुर घले र साक्षम विक्रम शाहको जोडीले भारतका आदित्य मोर र अधिराज ठाकुरविरुद्ध पहिलो सेट ६–१ को फराकिलो अन्तरले जिते पनि अन्ततः १–६, ६–४,(०–७) को हार व्यहोरे । यता आरव सम्राट हाडा र असभ सम्राट हाडाको जोडी भारतका शौर्य समाला र प्रकाश सरनविरुद्ध ६–२, ६–० ले पराजित भए ।

यसै गरी अन्य ब्वाइज सिंगल्समा प्रकाश सरन (भारत)ले आफ्नै देशका प्रतिद्वन्दी विवान बिडासरिया लाई ७–६(२), ४–६, ६–२ ले पराजित गरे भने प्रतीक नविन (अष्ट्रेलिया) ले चन्नमल्लिकार्जुन याले (भारत) लाई ७–५, ५–७, ६–२ ले पराजित गरेका छन् । यस्तै गल्र्स सिंगल्समा मानसी सिंह (भारत) ले युयुए लिउ (चीन) लाई ६–२, ६–४ ले पराजित गरिन् भने सुनिरा थापा (नेपाल) ले रानिया ठाकुर (भारत) लाई ६–३, ६–० ले पराजित गर्दा वृन्दिका भगवत राजपुत (भारत) ले मायरा टोपनो (भारत) लाई ६–०, ६–२ ले हराइन् ।

यस्तै ब्वाइज डबल्स राउण्ड अफ १६ मा आदित्य मोर र अधिराज ठाकुर (भारत) ले आयुष्मान हजुर घले र साक्षम विक्रम शाह (नेपाल) लाई १–६, ६–४, ृ१०–७े ले पराजित गरे भने आर्यन कङ्करवाल र रौनक कश्यप (भारत) ले आरुष कोटे (अमेरिका) र आयान मोहम्मद खान तरीन (भारत) लाई ६–४, ६–३ ले, शौर्य समाला र प्रकाश सरन (भारत) ले आरव सम्राट हाडा र असव सम्राट हाडा (नेपाल) लाई ६–२, ६–० ले, शौनक चटर्जी र शिवतेज शिर्फुले (भारत) ले अमित मुण्ड (भारत) र प्रतीक नविन (अष्ट्रेलिया) लाई २–६, ६–४, (१०–८) ले र प्रणव मानन्धर र राजवीर प्रधान (नेपाल) ले अद्वित तिवारी र वीर मडम (भारत) लाई ४–६, ६–४,(१०–८) ले पराजित गरे ।

जारी प्रतियोगिता गल्र्स डबल्स राउन्ड अफ १६ (पहिलो चरण)मा श्रीय देशपाण्डे र मायरा टोपनो (भारत) ले नोरा चौधरी (क्यानडा) र सराह चौधरी (भारत) लाई ७–५, ३–६, (१०–६) ले, मार्टा छोङसोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन) ले रीत अरोरा र दिशा कुमार (भारत) लाई ६–२, ७–५ ले, स्वस्तिका बिस्ट (नेपाल) र अपरा खन्दारे (भारत) ले सौम्या चटर्जी र शगुन कुमारी (भारत) लाई ६–१, ७–६(१०–५) ले, शिवाली गुरुङ र सुनिरा थापा (नेपाल) ले रानिया ठाकुर र वृन्दिका भगवत राजपुत (भारत) लाई ६–२, ६–० ले, महिका खन्ना र शतक्शिका सहायाक (भारत) ले आर्या बोर्कर र नन्दिनी कंसल (भारत) लाई ६–०, ७–५ ले, मानसी सिंह र न्यान्सी सिंह (भारत) ले प्रज्ञा मानन्धर (नेपाल) र नाला जोसेफिन मास्की (अमेरिका) लाई ६–१, ५–७, (१०–४) ले दिशा बेहरा र अर्जान खोरेकीवाल (भारत) ले जेनिफर खड्का (नेपाल) र युयुए लिउ (चीन) लाई ६–१, ६–० ले पराजित गरेका छन् । प्रतियोगिता यहि २९ गते सम्पन्न हुनेछ ।