खेलकुद

पोखरामा हालसम्मकै ठुलो रकम ६ करोड ५० लाखको बजेटमा अन्तराष्ट्रिय वेलुन फेष्टिभल हुने

दीननाथ बराल,पोखरा १८, साउन, पोखरामा हालसम्मकै ठुलो रकम ६ करोड ५० लाखको बजेटमा अन्तराष्ट्रिय वेलुन फेष्टिभल हुने भएको छ । वेलुन नेपाल प्रा.लि.ले पोखराको बाम्दी क्षेत्रमा आउदो पुष दोश्रो साता देखि सरकारी तथा गैरसरकारी विभिन्न संघ संस्थाहरुको समन्वय तथा सहयोगमा उक्त बजेट खर्च गर्ने गरी नेपालमै पहिलो पटक अन्तराष्ट्रिय वेलुन फेष्टिभल आयोजना गर्न लागेको विहिबार पोखरामा आयोजित छलफल कार्यक्रममा जानकारी गराइएको हो । पोखरामा सहासिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बेलुन नेपाल प्रा.लि.का अध्यक्ष बिक्रम… पुरा पढौ

पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भारतकाे कन्याकुमारी प्रस्थान

पोखरा, १७ साउन, पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका प्रतिनिधि सुशान्तसिंह भदेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले विदाई गरेका छन् । नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १… पुरा पढौ

प्रेम लिम्बुले जिते बिश्व तेकान्दोमा रजत पदक

दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले ब्यक्तिगत पुम्से बिधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराई रहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जनाएका छन् । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८–७ अंकले पछी पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८।१६६ – ७।६८३ अंकले हराउदै क्वाटर फाईनल प्रवेस गरेका लिम्बु… पुरा पढौ

सीमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं– मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा… पुरा पढौ

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधि

नेपालको पहिलो फुड रियालिटी शो ुशेफ नेपालुको उपाधि अजुई हाङ्ग राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए । जज ९निर्णायक०मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए । दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो । अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धि छनोट भई लाइभ अडिसन… पुरा पढौ

यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वरलाई

पोखरा, ५ साउन पोखरामा सम्पन्न यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जितेका छन् । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वर च्याम्पियन बनेका हुन् । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा भएको प्रतियोगितामा इश्वरले कुल ८ अंक प्राप्त गरे । दोस्रो भएका कौशल थापाको पनि ८ अंक रहेपनि इश्वर प्रथम हुँदा थापा दोस्रो भए । यस्तै सात अंकका साथ अनिज पोखरेल तेस्रो भए । उनीहरुले… पुरा पढौ

यु-२० बुद्धिचाल प्रतियोगिता ः पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न

पोखरा, ४ साउन अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आजबाट पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले खेलले खेलाडीको नेतृत्व विकास सँगै राष्ट्रको नाम उच्च बनाउने बताए । साथै खेलले खेलाडीलाई अनुशासन सिकाउने र अझ बुद्धिचालले विद्यार्थीहरुको बौद्धिक स्तरमा वृद्धि गर्न समेत ठूलो भूमिका खेल्ने… पुरा पढौ

लण्डन म्याराथन दौडेर राजेन्द्रले मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग गर्नुभयो

चर्चीत धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गर्नु भएको छ । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गर्नु भएको हो । आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाउनु भएको उहाँको परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी सो मार्फत उक्त रकम संकलन गर्नु भएको हो । उक्त दौड उहाँले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गर्नु भएको थियो । रकम दक्षिणकाली नगरपालिका… पुरा पढौ

पोखरामा यु २० बुद्धिचाल प्रतियोगिता हुने

पोखरा, ३ साउन अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा १७ विरौटामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारेमा जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता हुन जानकारी गराए । उनका अनुसार स्विस लिगमा ९ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । शुक्रबार (भोलि) र शनिबार… पुरा पढौ

कोमोरेबीद्वारा पेरिस ओलम्पिक सहभागीलाई पोसाक प्रदान

पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली टोलीका लागि कोमोरेबीले मंगलबार एक समारोहबीच पोसाक हस्तान्तरण गरेको छ । नेपाल ओलम्पिक कमिटीको सातदोबाटोमा आयोजित कार्यक्रममा कोमोरेबीका सीईओ भ्यालेन्टाइन डेनिएलले अध्यक्ष जीवनराम श्रेष्ठलाई पोसाक उपलब्ध गराएका हुन् । कोमोरेबी र ओलम्पिक कमिटीबीच यसअघि भएको सम्झौता अनुसार यी पोसाक प्रदान गरिएको हो । कोमोरेबी फ्रान्सेली केक्सटाइल कम्पनी हो । सम्झौता अनुसार ओलम्पिकमा सहभागी हुने टोलीलाई जुत्ता, मोजा, ट्रायकसुट, क्याजुएल प्यान्ट, ब्यागप्याक र स्पोर्टस ब्याग दिइएको हो । त्यस कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज… पुरा पढौ