
पोखरा, ३० मंसिर,
पोखरा महानगर २३ वाम्दीर्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । आइतबार भएको फाइनल खेलमा शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदैँ धादिङले प्रतियोगिता जितेको हो ।
धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकाल्यो । जितसगै धादिङले नगद एक लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, रस्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन । शान्त भलिबलका श्रृष्टी खत्री र अन्जना खड्का क्रमस उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डर धोषित भए । सात विधामा उत्कृष्ट धोषित भएकाले १÷१ थान भलिबल पुरस्कार पाए ।
सेमिफाइनलमा धादिङले गुरुकुल विद्या सदन, नयाँबजार पोखरालाई हराएर फाइनल यात्रा तय गरेको थियो । भने शान्त भलिबलले एलिट भलिबल एकेडेमी, पोखरालाई हराएर फाइनलमा पुगेको थियो । सेमिफाइनलबाट बाहिरिएका गुरुकुल र एलिटले नगद १५÷१५ हजार पुरस्कार पाए । नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको थियो ।
चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा प्रतियोगिता भएको हो । समापन कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, पोखरा महानगरपालिका २३ का कार्यवाहक अध्यक्ष तेजबहादुर क्षेत्री लगायतका अतिथिको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सचिव धनश्याम पराजुलीको संचालनमा भएको थियो ।







