खेलकुद

पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो । पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति… पुरा पढौ

पोखराको नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा, २ असोज, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आठौं सस्करणको खुल्ला क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । ‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताउनु भयो । ए… पुरा पढौ

पर्वतीय दौड सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल पार्नका लागि असोज ३ गते बिहीवारका दिन अन्तरक्रिया गरिने भएको छ । पोखरा-२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल आवश्यक भएकाले पोखरा २२ का सम्पूर्ण सरोकारवालासँग बृहत् अन्तरक्रिया राखिएको आयोजकले जनाएको छ । ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ । पोखरा क्लिक… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट संघद्धारा राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

दीननाथ बराल,पोखरा, ३१ भदौ, गण्डकी प्रादेशिक क्रिकेट संघले राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । संघले दोश्रो साधारण सभाको अवसरमा सोमबार पोखरामा राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षकहरुलाई नगद सहित सम्मान गरेको हो । नेपाल–ए टिमका खेलाडी तथा गण्डकीका कप्तान विपीन खत्री, यू–१९ को एसिया कप खेलेर फर्किनु भएको दीपक डुम्रे, सुवास भण्डारी र अर्जुन कुमाललाई जनहि १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । सम्मानित खत्री, भण्डारी र कुमाल कास्कीका हुनु हुन्छ… पुरा पढौ

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला

पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन खुला गरिएको छ । विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार माध्यमले आयोजना गर्ने उक्त प्रतियोगिताको आइतवारदेखि अनलाइन रजिष्ट्रेशन खुला गरिएको हो । उक्त प्रतियोगितमा सहभागी हुनका लागि https://pokharaclick.com/first-hill-running-competition-registration-form/ लिंकमा क्लिक गरेर दर्ता गर्नुपर्ने आयोजकद्वारा जनाइएको छ । सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस र सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाइँदै आएको सन्दर्भमा पोखरा क्लिकले पोखरा २२ मा पहिलो पटक पर्वतीय दौड आयोजना गर्न लागेको हो… पुरा पढौ

युनाइटेड क्लवद्धारा विभिन्न उप समिति र सल्लाहकारहरु चयन १३ औं पोखरा महोत्सव पुुषको अन्तिम साता

पोखरा ३०, भदौ, युनाइटेड क्लव पोखराले विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न सातौ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले क्लबको विभिन्न उप समिति संगै सल्लाहकारहरु चयन गरेको हो । जस अन्तर्गत क्लवको पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, भौतिक निर्माण उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल, खेलकुद उपसमिति संयोजकमा पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, विपद ब्यवस्थापन उपसमिति संयोजकमा द्धितिय उपाध्यक्ष सूूर्य बहादुर बानियाँ, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति… पुरा पढौ

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

पोखरा, ३० भदौ पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ । खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन्। ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय… पुरा पढौ

ऐतिहासिक ओलम्पिक पदक बिजेता पलेशालाई मासिक भत्ता दिने गण्डकी प्रदेश सरकारको घोषणा

पोखरा, भदौ ३० गते पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो । ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगर पालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्र द्वारा सम्मान गरिएको… पुरा पढौ

सहारा क्लवद्धारा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अक्षयकोषमा ५१ हजार सहयोग हस्तान्तरण

पोखरा ३०, भदौ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा पोखराको सहारा क्लवले सहयोग गरेको छ । सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई सहयोग हस्तान्तरण गरेको हो । उक्त समारोहका प्रमुख अतिथी गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले संयुक्त रुपमा सो रकम बराबरको चेक मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नु भएको हो । यस अघि मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले… पुरा पढौ

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा नगद सहित सम्मान

पोखरा, ३० भाद्र पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु।२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो। पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो। ‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर… पुरा पढौ