
पोखरा २६ मंसिर,
पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ बिहिबार समापन हुदैँ छ । मंसिर १७ गतेबाट सुरु भएको कोटिहोम दैनिक पुजापाठ, कथा प्रवचन र झाँकी प्रदर्शन हुदै आएको छ । १० दिनसम्म चलेको कोटिहोममा १५ भन्दा बढि बाचकले प्रवचन गरिसकेका छन् ।
यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको कोटिहोम शोभाकान्त ढकाल ९कृपालु दास०को संकल्पमा भएको हो । ढकालले २०६० साल फागुन १ गते देखी ७ गते सम्म ढुङ्गेसाँघुको तल रहेको गुप्त तिर्थ ९गुफा०मा तपश्या गरेका थिए । तपश्याको बेला धाम बनाउने उनले संकल्प गरेका थिए ।
कर्ता ढकाल ९कृपालु दास० ले पोखरेलीहरुको साथ र सहयोगले कार्यमा हिन्दुहरुको आस्थाको केन्द्र बनाउने सपनालाई साकार बनाउने योजना रहेको बताएका छन् । धामका अध्यक्ष मदन गिरी पाँच बर्ष भित्र भौतिक संरचना निर्माण गरिसक्ने योजना रहेको सुनाए । प्रेम मन्दिर, गुफा जाने बाटो, सेती नदीमा सवदहनका लागि जाने बाटो निर्माण, गौमुखी धारा, जेष्ठनागरिक मिलन केन्द्र लगायतका संरचना बनाउने लक्ष्का साथ कोटिहोको आयोजना गरिएको समितिले जनाएको छ ।
यस्तै कोटिहोमका नबौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालको भनाई छ ।
कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल ९सेती नदी० जाने बाटो ९सिँढी०को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।




