पोखरा म्याराथनलाई सफल पार्न सरकारले सहयोग गर्छः मन्त्री चौधरी, पोखरा रंगशालको जिर्ण पर्खाल पुनः मर्मत गर्न पोखरेलीको माग

-


     पोखरा क्लिक     
     मंसिर २५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २५ मंसिर,

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा आउँदो फागुन ३ गते हुने पोखरा म्याराथन प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने बताउनु भएको छ । अग्रज खेलाडीहरूको साझा सस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आज(मंगलबार) पोखरामा आयोजना भएको स्वागत तथा छलफल कार्यक्रम बोल्दै मन्त्री चौधरीले पोखरा क्षेत्रको प्रतिष्ठित प्रतियोगितालाई सफल पार्नु राज्यको पनि दाहित्व भएको उल्लेख गर्दै थप सहयोग गर्ने बताउनु भएको हो ।

पोखरा म्याराथनले पोखरा क्षेत्रको खेल पर्यटन सहित खेलाडी उत्पादनमा सहयोग गर्दै आएकोमा खुसि व्यक्त गर्दै मन्त्री चौधरीले मञ्चले पोखरा रंगशालाको पर्खाल निर्माण कार्यमा खेलेको भूमिका कहिलै नभुल्ने जनाउनु भयो । पर्खाल हाल जिर्ण भई पुनः मर्मत गर्न आवश्यक बजेटको समेत जोहो गर्ने उहाँले आश्वासन दिनु भयो । सन २०२७ मा नेपालमा हुने यु—१९ महिला क्रिकेटको वल्र्ड कपका केही खेलहरु पोखरामा संचालनको लागि पोखरा क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बनाउनको लागि गृहकार्य गरेको मन्त्री चौधरीले जनाउनु भयो ।

मञ्चका अध्यक्ष दीलबहादुर गुरूङले पोखरा रंगशालाको पर्खाल संरक्षण गर्नुपर्ने अबस्था आएको बताउनु भयो । रंगशालामा मर्मत संहारको लागि तत्काल १ करोड माग गरिएको उहाँले बताउनु भयो । आउदो फागुन ३ गते १९ औं संस्करणको सफल पोखरा म्याराथन २०८१ हुने भएको महासिचव केशव पाठकले बताउनु भयो । प्रतियोगितामा २१ लाख ३४ हजार म्यारथन सहितका विभिन्न विधाको पुरस्कारमा खर्च हुने भएको छ ।

पुर्वअध्यक्ष तेजबहादुर गुरूङले १९ ओैं संस्करणको सफल पोखरा म्याराथन प्रतियोगिताको बारे प्रष्ट पार्दै खेल पर्यटन र खेलाडी उत्पादन गर्न मद्वत पुगेको दाबी गर्नु भयो । तीनै तहका सरकार, स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हँुदा समेत बजेट अभाव हुने उहाँले बताउनु भयो । पोखरा रंगशाला जिर्ण भएकोले मर्मत गर्न आवश्यक भएको पूर्व अध्यक्ष गुरूङले बताउनु भयो । मञ्चको अगुवाईमा करिब १ करोड भन्दा बढीको आर्थिक सहयोगमा पोखरा रंगशालाको पर्खाल निर्माण भएको थियो । मासिक सडक दौड गर्ने योजना १० देखि १९ बर्षका उमेर समुहमा प्रतियोगिता हुने उहाँले बताउनु भयो । स्वच्छ पोखरा, स्वस्थ पोखरेली नारा सहित भावी योजना रहेकोले यसको अभियान पोखरा महानगरको सहकार्यमा गर्ने योजना रहेको मंचले जनाएको छ ।