एपिएफ आर्दश कप फुटवलको सेमिफाइनलमा

-


     पोखरा क्लिक     
     मंसिर २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २३ मंसिर,

सशस्त्र प्रहरी बल (एपिएफ) गण्डकी मुख्यालयको टोली २५ औं संस्करणको आर्दश कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखराको सैनिकबस्ती भण्डारढिक खेल मैदानमा आइतबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीको सिद्धिदल गण पश्चिम पृतना हेड क्वाटरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

एपिएफको जितमा नवराज मगर, रन्जित चौधरी प्रविन स्याङताङले एक÷एक गोलको योगदान दिदा आर्मीका मदन लिम्बुले ईन्जुरी समयमा शान्त्वना एक गोल गर्नु भएको थियो । खेलको २१ मिनेटमा मगरले, ६५ मिनेटमा चौधरीले र ७० औं मिनेटमा स्याङताङले गोल गर्नु भएको थियो । यस अघि उक्त खेलको शुभारम्भ भने गण्डकी प्रदेशका निवर्तमान सांसद दीपक कोइराला (रुपक) ले रेफ्रि कविमान गुरुङलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो ।

भोलि (सोमबार) कास्की ११ र एन्फा स्याङ्जा (होराइजन) बीच खेल दिउँसो १ः०० बजे पछि हुने भएको आर्दश युवा क्लवका सचिव सन्तोष गुरुङले पोखराक्लिकलाई बताउनु भयो । शनिबार देखि २५ औं सस्करणको आदर्श कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको हो । शनिबारको उद्घाटन खेलमा आयोजकः आर्दश युवा क्लवले एन्फा तनहुँलाई १–० ले पराजित गरी सेमिफाइनलमा यात्रा बनाएको छ ।